लोड हुँदै...
लोड हुँदै...
गृहपृष्ठ
पात्रो
सम्पर्क
मिति
युनिकोड

‘अनुसन्धान र नवप्रवर्तनमा लगानी वृद्धि सरकारको प्राथमिकता हो’

राजनीति

‘अनुसन्धान र नवप्रवर्तनमा लगानी वृद्धि सरकारको प्राथमिकता हो’

न्युज बिहानी
न्युज बिहानी
Shares
‘अनुसन्धान र नवप्रवर्तनमा लगानी वृद्धि सरकारको प्राथमिकता हो’

काठमाडौँ, ९ मङ्सिरः विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले मुलुकको अर्थतन्त्र सबल तुल्याउन वर्तमान सरकारले अनुसन्धान र नवप्रवर्तनमा लगानी बढाउन हरसम्भव प्रयत्न गरिरहेको बताउनुभएको छ । यहाँस्थित इजरायली राजदूतावासमा मङ्गलबार अपराह्न ‘इजरायल साइबर तथा कृत्रिम बौद्धिकता’ विषयमा आयोजित कार्यक्रममा उहाँले वर्तमान सरकारले नवप्रवर्तन र अनुसन्धानलाई उच्च प्राथमिकता दिएर बेग्लै मन्त्रालयसमेत स्थापना गरेको बताउनुभयो । 

“ सम्माननीय प्रधानमन्त्री  अनुसन्धान र नवप्रवर्तनका माध्यमबाट नै राष्ट्रलाई समृद्धिको मार्गमा अग्रसर गराउनुपर्छ भन्नेमा दृढ हुनुहुन्छ,” सरकारले पहिलोपटक पुँजीगत खर्चको एक प्रतिशत रकम अनुसन्धान तथा नवप्रवर्तनका लागि छुट्याएको जानकारी दिँदै मन्त्री पुनले भन्नुभयो । कृत्रिम बौद्धिकता, साइबर सुरक्षा, ड्रोन, कृषि तथा जैविक चिकित्सा इन्जिनियरिङलगायत क्षेत्रमा नवप्रवर्तन केन्द्र स्थापना गर्ने योजना सरकारको रहेको  उहाँले बताउनुभयो ।
 
नेपालका लागि इजरायली राजदूत श्मुलिक एरी बासले साइबर सुरक्षा र कृत्रिम बौद्धिकता क्षेत्रमा इजरायलले हासिल गरेको अनुभव प्रस्तुत गर्दै ज्ञान आदानप्रदान तथा संस्थागत साझेदारीमार्फत नेपालसँग प्रविधि र नवप्रवर्तनको क्षेत्रमा सहकार्य विस्तार गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको उक्त दूतावासले जारी गरेको प्रेस विज्ञप्तिमा जनाइएको छ ।त्यस अवसरमा चार सदस्यीय इजरायली प्रतिनिधिमण्डलले इजरायल– नेपाल सम्बन्धबारे चर्चा गर्दै कृत्रिम बौद्धिकता र नवप्रवर्तनका विविध आयामबारे जानकारी दिएको थियो । नेपालको भौगोलिक वनोट र अनुकूल मौसमका कारण नेपाललाई साइबर सुरक्षाको केन्द्रका रूपमा विकास गर्न सकिने प्रमण्डलको भनाइ थियो । 


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस् (Comments)

तपाईंले प्रतिक्रिया दिनको लागि लगइन गर्नुपर्नेछ।

लगइन गर्नुहोस्
कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्!
न्युज बिहानी

न्युज बिहानी सत्य, तथ्य र निष्पक्ष समाचारका साथ तपाईलाई सधैं अपडेट राख्ने प्रतिबद्ध छ।

सम्पर्क

Bhairavi Media Pvt. Ltd.
Putalisadak–31, Kathmandu
9851165011
दर्ता विवरण
सूचना विभाग दर्ता नं.: ६९३
प्रेस काउन्सिल दर्ता नं.: १००४

हाम्रो टिम

प्रधान सम्पादक गोकर्ण बराल
सम्पादक विजय हमाल
© 2017–2026 News Bihani. सर्वाधिकार सुरक्षित।
Advertisement Ad ends in 15s
Bisup