लोड हुँदै...
लोड हुँदै...
गृहपृष्ठ
पात्रो
सम्पर्क
मिति
युनिकोड

पूर्वमुख्यमन्त्री इन्द्र बानियाँविरुद्ध पक्राउ पूर्जी, ३४ करोड ऋण दुरुपयोग प्रकरणमा छोरा सीआईबी हिरासतमा

राजनीति

पूर्वमुख्यमन्त्री इन्द्र बानियाँविरुद्ध पक्राउ पूर्जी, ३४ करोड ऋण दुरुपयोग प्रकरणमा छोरा सीआईबी हिरासतमा

यसै प्रकरणमा उनका छोरा दीक्षान्त बानियाँसमेत अहिले सीआईबीको हिरासतमा छन्। उनलाई गत कात्तिक १६ गते पक्राउ गरिएको थियो।

न्युज बिहानी
न्युज बिहानी
Shares
पूर्वमुख्यमन्त्री इन्द्र बानियाँविरुद्ध पक्राउ पूर्जी, ३४ करोड ऋण दुरुपयोग प्रकरणमा छोरा सीआईबी हिरासतमा

काठमाडौं । बागमती प्रदेशका पूर्वमुख्यमन्त्री इन्द्र बानियाँविरुद्ध पक्राउ पूर्जी जारी भएको छ। बैंकिङ कसुरको आरोपमा केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले बानियाँलाई पक्राउ गर्न पूर्जी जारी गरेको हो। सीआईबीका एक अधिकारीका अनुसार प्रभु बैंकबाट लिएको ठूलो परिमाणको ऋण दुरुपयोग गरेको आरोपमा बानियाँविरुद्ध पक्राउ पूर्जी जारी गरिएको हो। यसै प्रकरणमा उनका छोरा दीक्षान्त बानियाँसमेत अहिले सीआईबीको हिरासतमा छन्। उनलाई गत कात्तिक १६ गते पक्राउ गरिएको थियो।

प्रारम्भिक विवरणअनुसार बानियाँ परिवारले प्रभु बैंकबाट करिब ३४ करोड रुपैयाँ ऋण लिएको र उक्त रकम स्वीकृत प्रयोजनभन्दा बाहिर खर्च गरेको आरोप छ। ऋणको रकम कहाँ र कसरी प्रयोग भयो भन्ने विषयमा सीआईबीले अनुसन्धान गरिरहेको छ।बैंकबाट लिएको करोडौँ रुपैयाँ ऋणको प्रयोजन, त्यसको वास्तविक उपयोग र सम्भावित बैंकिङ कसुरबारे अनुसन्धान अघि बढेसँगै पूर्वमुख्यमन्त्री बानियाँसमेत प्रहरीको अनुसन्धानको दायरामा तानिएका छन्।बानियाँविरुद्ध पक्राउ पूर्जी जारी भएसँगै अब प्रहरीले उनलाई नियन्त्रणमा लिएर अनुसन्धान गर्ने प्रक्रिया अघि बढाउनेछ।


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस् (Comments)

तपाईंले प्रतिक्रिया दिनको लागि लगइन गर्नुपर्नेछ।

लगइन गर्नुहोस्
कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्!
न्युज बिहानी

न्युज बिहानी सत्य, तथ्य र निष्पक्ष समाचारका साथ तपाईलाई सधैं अपडेट राख्ने प्रतिबद्ध छ।

सम्पर्क

Bhairavi Media Pvt. Ltd.
Putalisadak–31, Kathmandu
9851165011
दर्ता विवरण
सूचना विभाग दर्ता नं.: ६९३
प्रेस काउन्सिल दर्ता नं.: १००४

हाम्रो टिम

प्रधान सम्पादक गोकर्ण बराल
सम्पादक विजय हमाल
© 2017–2026 News Bihani. सर्वाधिकार सुरक्षित।
Advertisement Ad ends in 15s
Bisup