लोड हुँदै...
लोड हुँदै...
गृहपृष्ठ
पात्रो
सम्पर्क
मिति
युनिकोड

बालेनको भारत भ्रमणअघि रवि लामिछाने र चिनियाँ राजदूतबीच गोप्य भेटवार्ता

राजनीति

बालेनको भारत भ्रमणअघि रवि लामिछाने र चिनियाँ राजदूतबीच गोप्य भेटवार्ता

इटालीटारस्थित लामिछानेको निवासमै पुगे चिनियाँ राजदूत माओमिङ, प्रधानमन्त्रीको भारत भ्रमणको पूर्वसन्ध्यामा भएको भेटले राजनीतिक तथा कूटनीतिक वृत्तमा चासो

न्युज बिहानी
न्युज बिहानी
Shares
बालेनको भारत भ्रमणअघि रवि लामिछाने र चिनियाँ राजदूतबीच गोप्य भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) को भारत भ्रमणको पूर्वसन्ध्यामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र नेपालका लागि चिनियाँ राजदूत माओमिङबीच गोप्य भेटवार्ता भएको छ।

स्रोतका अनुसार, मंसिर ५ गते बूढानीलकण्ठ नगरपालिका–६, इटालीटारस्थित रास्वपा सभापति लामिछानेको निवासमा चिनियाँ राजदूत माओमिङ र लामिछानेबीच १ घण्टा ४३ मिनेट लामो संवाद भएको थियो। दिउँसो २ बजेर ४३ मिनेटमा सुरु भएको भेटवार्ता ४ बजेर २६ मिनेटमा सम्पन्न भएको थियो। 

प्रधानमन्त्री बालेन शाह भारत भ्रमणमा जानुअघि भएको यो भेटलाई समय र सन्दर्भका दृष्टिले अर्थपूर्ण रूपमा हेरिएको छ। विशेषगरी, नेपालको आन्तरिक राजनीतिक नेतृत्वसँग चिनियाँ कूटनीतिक प्रतिनिधिको प्रत्यक्ष संवाद र त्यसको समयले राजनीतिक वृत्तमा चासो बढाएको छ।

चिनियाँ राजदूत माओमिङले लामिछानेको निवासमै पुगेर गरेको भेटवार्ताको एजेन्डा भने सार्वजनिक भएको छैन।प्रधानमन्त्रीको भारत भ्रमणको तयारी भइरहेका बेला चिनियाँ राजदूतको गोप्य राजनीतिक भेटवार्ताको विषयले चर्चा पाएको छ। 

नेपाल भौगोलिक तथा रणनीतिक रूपमा भारत र चीन दुवैका लागि महत्त्वपूर्ण छिमेकी मुलुक हो। यस्तो अवस्थामा प्रधानमन्त्रीको भारत भ्रमणको पूर्वसन्ध्यामा चिनियाँ राजदूत र रास्वपा सभापतिबीच भएको लामो गोप्य भेटले नेपालको छिमेक सम्बन्ध र कूटनीतिक प्राथमिकताबारे थप चासो सिर्जना गरेको छ।


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस् (Comments)

तपाईंले प्रतिक्रिया दिनको लागि लगइन गर्नुपर्नेछ।

लगइन गर्नुहोस्
कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्!
न्युज बिहानी

न्युज बिहानी सत्य, तथ्य र निष्पक्ष समाचारका साथ तपाईलाई सधैं अपडेट राख्ने प्रतिबद्ध छ।

सम्पर्क

Bhairavi Media Pvt. Ltd.
Putalisadak–31, Kathmandu
9851165011
दर्ता विवरण
सूचना विभाग दर्ता नं.: ६९३
प्रेस काउन्सिल दर्ता नं.: १००४

हाम्रो टिम

प्रधान सम्पादक गोकर्ण बराल
सम्पादक विजय हमाल
© 2017–2026 News Bihani. सर्वाधिकार सुरक्षित।
Advertisement Ad ends in 15s
Bisup