लोड हुँदै...
लोड हुँदै...
गृहपृष्ठ
पात्रो
सम्पर्क
मिति
युनिकोड

रास्वपा र सरकारबीच विवाद छैन : सभापति लामिछाने

राजनीति

रास्वपा र सरकारबीच विवाद छैन : सभापति लामिछाने

पार्टीभित्रको बहस र आलोचना आन्तरिक लोकतन्त्रको अभ्यास भएको उहाँको भनाइ थियो ।

न्युज बिहानी
न्युज बिहानी
Shares
रास्वपा र सरकारबीच विवाद छैन : सभापति लामिछाने

धनुषा, २८ कात्तिकः राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टी र सरकारबीच कुनै विवाद नरहेको स्पष्ट पार्नुभएको छ । जनकपुरधाममा आज आयोजित छठ पर्वको शुभकामना आदानप्रदान कार्यक्रममा उहाँले सरकारलाई पार्टीले दिने सुझाव र आलोचनालाई विवाद वा फुटको सङ्केतका रूपमा बुझ्न नहुने बताउनुभयो । पार्टीभित्रको बहस र आलोचना आन्तरिक लोकतन्त्रको अभ्यास भएको उहाँको भनाइ थियो ।

सरकारलाई कहिलेकाहीँ सुझाव र आलोचना दिँदा अनावश्यक हल्ला हुने गरेको उल्लेख गर्दै उहाँले त्यस्ता हल्लामा विश्वास नगर्न आग्रह गर्नुभयो । सरकार आफ्ना प्रतिबद्धता पूरा गर्न केन्द्रित रहेको उहाँले बताउनुभयो । सभापति लामिछानेले यसपटक जनताले रास्वपालाई परिवर्तनको अवसर दिएको उल्लेख गर्दै मधेशका जनताले त्यसको अनुभूति गर्न नसके आगामी निर्वाचनमा आफू मत माग्न नआउने बताउनुभयो । जनतालाई झुक्याएर मत माग्ने राजनीति आफूलाई स्वीकार्य नहुने उल्लेख गर्दै उहाँले प्राप्त अवसरलाई धोका नदिन पार्टीका नेता तथा कार्यकर्तालाई आग्रह गर्नुभयो ।

उहाँले पार्टीको उम्मेदवार बनाइदिने भन्दै केही व्यक्तिले अग्रिम रकम माग्न थालेको सूचना आफूले पाएको बताउनुभयो । रास्वपाले अहिलेसम्म कसैलाई पनि निर्वाचनको टिकट दिने वाचा नगरेको स्पष्ट पार्दै उहाँले टिकट दिलाइदिने प्रलोभनमा रकम माग्ने व्यक्तिबाट सचेत रहन आग्रह गर्नुभयो ।“उम्मेदवार म बनाइदिन्छु, टिकट म दिलाइदिन्छु भनेर अग्रिम रकम मागिएको सुनिएको छ । म आज यही मञ्चबाट घोषणा गर्दछु कि त्यस्ता सबै अग्रिम रकम डुबे”, उहाँले भन्नुभयो ।

टिकटको प्रलोभन देखाएर रकम माग्ने व्यक्तिविरुद्ध नजिकको प्रहरी कार्यालयमा उजुरी दिन आग्रह गर्दै उहाँले पार्टीको विधि र विधानविपरीत आर्थिक लेनदेन गर्नेबारे सूचना दिनेलाई विशेष सम्मान गरिने बताउनुभयो ।“मधेशले मालिक खोजेको होइन, सेवक खोजेको हो। हामीले फेर्नुपर्ने हाम्रा सांसदको जीवनशैली होइन, मतदाताको जीवन फेर्नुपर्नेछ”, उहाँले भन्नुभयो ।


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस् (Comments)

तपाईंले प्रतिक्रिया दिनको लागि लगइन गर्नुपर्नेछ।

लगइन गर्नुहोस्
कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्!
न्युज बिहानी

न्युज बिहानी सत्य, तथ्य र निष्पक्ष समाचारका साथ तपाईलाई सधैं अपडेट राख्ने प्रतिबद्ध छ।

सम्पर्क

Bhairavi Media Pvt. Ltd.
Putalisadak–31, Kathmandu
9851165011
दर्ता विवरण
सूचना विभाग दर्ता नं.: ६९३
प्रेस काउन्सिल दर्ता नं.: १००४

हाम्रो टिम

प्रधान सम्पादक गोकर्ण बराल
सम्पादक विजय हमाल
© 2017–2026 News Bihani. सर्वाधिकार सुरक्षित।
Advertisement Ad ends in 15s
Bisup