लोड हुँदै...
लोड हुँदै...
गृहपृष्ठ
पात्रो
सम्पर्क
मिति
युनिकोड

सशस्त्र प्रहरीमा अनौठो शक्ति अभ्यास : आइजीपी फेरिए पनि फेरिएनन् डीएसपी, भन्सारमा सरुवा हुँदा पनि सहप्रवक्ता !

इनसाइट

सशस्त्र प्रहरीमा अनौठो शक्ति अभ्यास : आइजीपी फेरिए पनि फेरिएनन् डीएसपी, भन्सारमा सरुवा हुँदा पनि सहप्रवक्ता !

लामो समय एउटै जिम्मेवारी र शक्तिकेन्द्रमा रहँदा उनले बनाएको पहुँच र प्रभाव अहिले पनि कायम रहेको छ ।

न्युज बिहानी
न्युज बिहानी
Shares
सशस्त्र प्रहरीमा अनौठो शक्ति अभ्यास : आइजीपी फेरिए पनि फेरिएनन् डीएसपी, भन्सारमा सरुवा हुँदा पनि सहप्रवक्ता !

काठमाडौं । सशस्त्र प्रहरी बलको नेतृत्व परिवर्तन भइरहन्छ, आइजीपी फेरिन्छन्, तर संगठनको मुख्यालयस्थित सचिवालयमा भने एकजना डीएसपीको उपस्थिति वर्षौंदेखि कायमै छ। ती हुन् डीएसपी शैलेन्द्र थापा। सशस्त्र प्रहरी बलका पूर्वआइजीपी शैलेन्द्र खनालको कार्यकालदेखि नै मुख्यालयको सचिवालयमा कार्यरत थापा हालका आइजीपी नारायणदत्त पौडेलको कार्यकालमा पनि उत्तिकै प्रभावशाली भूमिकामा छन् ।

 थापाले अहिले सचिवालयमा काम गर्नुका साथै सहप्रवक्ताको जिम्मेवारीसमेत पाएका छन्। आइजीपी पौडेलले उनलाई विभिन्न खटनपटन तथा जिम्मेवारीमा समेत परिचालन गर्दै आएका छन् । संगठनमा नेतृत्व परिवर्तनसँगै कर्मचारीको जिम्मेवारी र कार्यक्षेत्रमा पनि फेरबदल हुनु सामान्य प्रशासनिक अभ्यास हो। तर, एउटै अधिकृतले लगातार करिब एक दशकसम्म नेतृत्वको सचिवालयमा प्रभाव कायम राख्नु र हरेक नेतृत्वको विश्वासपात्रका रूपमा रहनुले भने संगठनभित्र प्रश्न उठाएको छ। थापा सचिवालयमा लामो समय टिकिरहनुका पछाडि प्रशासनिक दक्षतामात्र नभई विभिन्न नेतृत्वसँग सम्बन्ध र समन्वय मिलाउने उनको शैली पनि कारण रहेको छ। नेतृत्व परिवर्तन हुँदा पनि आफ्नो स्थान सुरक्षित राख्न सक्ने उनको क्षमताबारे संगठनभित्र चर्चा हुने गरेको छ ।

हरेक आइजीपीसँग निकट रहेर काम गर्ने र नेतृत्वको विश्वास जित्ने उनको शैलीलाई कतिपयले संगठनभित्रको प्रभावशाली पहुँचका रूपमा व्याख्या गर्ने गरेका छन्। तर, एउटै अधिकृतलाई लामो समयसम्म एउटै संवेदनशील जिम्मेवारीमा राख्नुको प्रशासनिक औचित्य के हो भन्ने प्रश्न पनि उत्तिकै महत्त्वपूर्ण छ। उनी आफैँले आठ वर्षसम्म सचिवालयमा बसेको स्वीकार गरेका छन्। लामो समय एउटै जिम्मेवारी र शक्तिकेन्द्रमा रहँदा उनले बनाएको पहुँच र प्रभाव अहिले पनि कायम रहेको छ ।

पछिल्लो पटक असार २० गते ७१ जना डिएसपीको सरुवा भयो । त्यो सरुवामा शैलेन्द्र थापाको नाम थिएन । तर त्यसको १० दिनपछि उनलाई  इलामको पशुपतिनगर भन्सार पठाइयो । जबकि उक्त कार्यालय डिएसपीको लागि राम्रो कमाई हुने ठाउँ हो  ।  सचिवालयमै बसेका कारण आइजीपी पौडेलले पशुपतिनगर भन्सारमा पठाएको समेत पाइएको छ।  हाल पशुपति नगरमै कार्यरत हुँदा पनि आइजीपी पौडेलले थापालाई सहप्रवक्ताको दोहोरो भूमिका समेत दिएका छन्।


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस् (Comments)

तपाईंले प्रतिक्रिया दिनको लागि लगइन गर्नुपर्नेछ।

लगइन गर्नुहोस्
कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्!

सम्बन्धित खबर

न्युज बिहानी

न्युज बिहानी सत्य, तथ्य र निष्पक्ष समाचारका साथ तपाईलाई सधैं अपडेट राख्ने प्रतिबद्ध छ।

सम्पर्क

Bhairavi Media Pvt. Ltd.
Putalisadak–31, Kathmandu
9851165011
दर्ता विवरण
सूचना विभाग दर्ता नं.: ६९३
प्रेस काउन्सिल दर्ता नं.: १००४

हाम्रो टिम

प्रधान सम्पादक गोकर्ण बराल
सम्पादक विजय हमाल
© 2017–2026 News Bihani. सर्वाधिकार सुरक्षित।
Advertisement Ad ends in 15s
Bisup