लोड हुँदै...
लोड हुँदै...
गृहपृष्ठ
पात्रो
सम्पर्क
मिति
युनिकोड

नेपाल–युरोप आर्थिक सहकार्य विस्तारमा उद्योगमन्त्री साहको जोड, युरोपेली राजदूतसँग छलफल

राजनीति

नेपाल–युरोप आर्थिक सहकार्य विस्तारमा उद्योगमन्त्री साहको जोड, युरोपेली राजदूतसँग छलफल

न्युज बिहानी
न्युज बिहानी
Shares
नेपाल–युरोप आर्थिक सहकार्य विस्तारमा उद्योगमन्त्री साहको जोड, युरोपेली राजदूतसँग छलफल

काठमाडौं । नेपाल सरकारका उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री  इन्जिनियर दीपक कुमार साह र नेपालका लागि युरोपेली राजदूतबीच आज शिष्टाचार भेटवार्ता सम्पन्न भएको छ। भेटवार्ताका क्रममा नेपाल र युरोपबीचको द्विपक्षीय व्यापारिक सम्बन्ध विस्तार, नेपाली उत्पादनको निर्यात प्रवर्द्धन तथा युरोपेली बजारमा नेपाली वस्तुहरूको पहुँच बढाउने विषयमा विस्तृत छलफल भएको छ।

विशेषगरी नेपाली उत्पादनको अन्तर्राष्ट्रिय बजार विस्तार, निर्यातका नयाँ सम्भावनाहरूको पहिचान, वैदेशिक लगानी आकर्षण तथा आर्थिक सहकार्यलाई थप प्रभावकारी बनाउने विषयमा दुवै पक्षबीच विचार आदानप्रदान भएको थियो।

मन्त्री साहले नेपालको उत्पादन क्षमता र निर्यात सम्भावनालाई अन्तर्राष्ट्रिय बजारसँग जोड्दै नेपाली वस्तुहरूको प्रतिस्पर्धात्मक क्षमता अभिवृद्धि गर्न तथा युरोपेली बजारमा पहुँच विस्तार गर्नुपर्ने विषयमा जोड दिनुभएको छ।

नेपालको उत्पादनलाई विश्व बजारसम्म पुर्‍याउने, व्यापारिक अवसर विस्तार गर्ने र वैदेशिक लगानी आकर्षित गर्ने लक्ष्यसहित युरोपसँगको आर्थिक तथा व्यापारिक सम्बन्धलाई थप सुदृढ बनाउने विषयमा भेटवार्ता केन्द्रित रहेको थियो।


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस् (Comments)

तपाईंले प्रतिक्रिया दिनको लागि लगइन गर्नुपर्नेछ।

लगइन गर्नुहोस्
कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्!
न्युज बिहानी

न्युज बिहानी सत्य, तथ्य र निष्पक्ष समाचारका साथ तपाईलाई सधैं अपडेट राख्ने प्रतिबद्ध छ।

सम्पर्क

Bhairavi Media Pvt. Ltd.
Putalisadak–31, Kathmandu
9851165011
दर्ता विवरण
सूचना विभाग दर्ता नं.: ६९३
प्रेस काउन्सिल दर्ता नं.: १००४

हाम्रो टिम

प्रधान सम्पादक गोकर्ण बराल
सम्पादक विजय हमाल
© 2017–2026 News Bihani. सर्वाधिकार सुरक्षित।
Advertisement Ad ends in 15s
Bisup