लोड हुँदै...
लोड हुँदै...
गृहपृष्ठ
पात्रो
सम्पर्क
मिति
युनिकोड

सशस्त्र प्रहरीको अबैध धन्दा, हेडक्वाटर देखि गृहसम्म उजुरी

समाचार

सशस्त्र प्रहरीको अबैध धन्दा, हेडक्वाटर देखि गृहसम्म उजुरी

न्युज बिहानी
न्युज बिहानी
Shares
सशस्त्र  प्रहरीको अबैध धन्दा, हेडक्वाटर देखि गृहसम्म उजुरी

काठमाडौं। इलामको सूर्योदय नगरपालिका–स्थित पशुपतिनगर र छब्बिसे सीमा नाकाबाट संगठित रूपमा तस्करी भइरहेको भन्दै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयअन्तर्गतको ‘हेलो सरकार’मा उजुरी परेको छ। सीमा सुरक्षाको जिम्मेवारी पाएको सशस्त्र प्रहरीकै मिलेमतोमा तस्करीको कारोबार सञ्चालन भइरहेको उजुरीमा दाबी गरिएको छ। चालु वर्षको कात्तिक महिनाको मध्यतिर हेलो सरकारमा परेको उजुरीअनुसार उक्त नाकाबाट चिनियाँ स्याउ, खरबुजा तथा फर्सीका बियाँ ठूलो परिमाणमा अवैध रूपमा भारततर्फ निकासी भइरहेको छ।

तस्करीमा संलग्न कारोबारीहरूले सीमावर्ती क्षेत्रमा गोदामसमेत स्थापना गरी संगठित रूपमा अवैध कारोबार सञ्चालन गरिरहेको स्थानीयको गुनासो छ। उक्त सीमा क्षेत्र सशस्त्र प्रहरी बलको सीमा सुरक्षा गुल्म पशुपतिनगरको जिम्मेवारीभित्र पर्दछ। सीमा क्षेत्रमा नियमित रूपमा रकम बुझाएर तस्करीको लाइन सञ्चालन भइरहेको स्थानीयको आरोप छ। यसलाई सामान्य चोरी निकासीका रूपमा मात्र लिन नहुने उनीहरूको भनाइ छ। यस प्रकरणमा पशुपतिनगर क्षेत्रमा कार्यरत सशस्त्र प्रहरीका अधिकारी शैलेन्द्र थापाको भूमिकामाथि समेत प्रश्न उठाइएको छ। उजुरी र स्थानीयका गुनासोले सीमा सुरक्षामा खटिएको निकायको निगरानी तथा कार्यसम्पादनमाथि गम्भीर प्रश्न खडा गरेका छन्।

थापामाथि अर्को गम्भीर आरोपसमेत लागेको छ। एक पीडित सशस्त्र प्रहरी कर्मचारीका अनुसार थापाले चारवटा नक्कली इमेल आईडी प्रयोग गरी सशस्त्र प्रहरीका जिल्ला, सीमा नाका, गुल्म तथा एसएसपी र डीएसपीविरुद्ध हेलो सरकारमा उजुरी दिने गरेका थिए । मुख्यालयको सचिवालयमा पुग्ने गरेको र त्यसपछि उजुरीको प्रिन्ट निकालेर सम्बन्धित कर्मचारीलाई फोन गर्ने गरिएको थियो। फोनमा ‘मिडियाले थाहा पाएछ’ भन्दै त्रास सिर्जना गरी बार्गेनिङ गर्ने र पीडित कर्मचारीबाट रकम असुल्ने गरेको आरोपसमेत लगाइएको छ। यी आरोप सत्य नभएको थापा बताउँछन् । यसको सत्य छानबिन पछि मात्र बाहिर आउने छ ।


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस् (Comments)

तपाईंले प्रतिक्रिया दिनको लागि लगइन गर्नुपर्नेछ।

लगइन गर्नुहोस्
कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्!
न्युज बिहानी

न्युज बिहानी सत्य, तथ्य र निष्पक्ष समाचारका साथ तपाईलाई सधैं अपडेट राख्ने प्रतिबद्ध छ।

सम्पर्क

Bhairavi Media Pvt. Ltd.
Putalisadak–31, Kathmandu
9851165011
दर्ता विवरण
सूचना विभाग दर्ता नं.: ६९३
प्रेस काउन्सिल दर्ता नं.: १००४

हाम्रो टिम

प्रधान सम्पादक गोकर्ण बराल
सम्पादक विजय हमाल
© 2017–2026 News Bihani. सर्वाधिकार सुरक्षित।
Advertisement Ad ends in 15s
Bisup