इनसाइट
तर, प्राधिकरणले एनसेलको सेवाको निरन्तरता, लगानीको सुरक्षा र व्यावसायिक भविष्यको स्पष्ट मार्गचित्र कोर्नुको सट्टा केवल ‘प्रतिबन्ध र हस्तान्तरण’ को धम्कीपूर्ण भाषा मात्र प्रयोग गरेको देखिन्छ। नियमनका नाममा एउटा सफल र ठूलो अपरेटरलाई निरुत्साहित गर्दा समग्र दूरसञ्चार बजारकै प्रतिस्पर्धात्मक वातावरण ध्वस्त हुने जोखिम बढेको छ।