लोड हुँदै...
लोड हुँदै...
गृहपृष्ठ
पात्रो
सम्पर्क
मिति
युनिकोड

तनहुँ जलविद्युत् आयोजनाको जलाशयमा रुख कटान सुरु

अर्थतन्त्र

तनहुँ जलविद्युत् आयोजनाको जलाशयमा रुख कटान सुरु

न्युज बिहानी
न्युज बिहानी
Shares
तनहुँ जलविद्युत् आयोजनाको जलाशयमा रुख कटान सुरु

तनहुँ, १७ कात्तिक  : तनहुँमा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको जलाशय क्षेत्रमा रहेका रुख कटानका लागि प्रक्रिया सुरु गरिएको छ । यसका लागि आयोजनाले जलाशय क्षेत्रभित्र पर्ने २५ वटा सामुदायिक वन उपभोक्ता समूहका प्रतिनिधिसँग पहिलो चरणको परामर्श बैठक गरेको छ । डिभिजन वन कार्यालय तनहुँको समन्वयमा आयोजित बैठकमा जलाशय क्षेत्रमा रहेका रुखको गणना, छपान तथा कटानसम्बन्धी प्रक्रियाबारे छलफल गरिएको आयोजनाले जनाएको छ ।

बैठकमा रुख गणना, छपान र कटानका लागि अपनाउनुपर्ने विधि तथा प्रक्रियाबारे सामुदायिक वन उपभोक्ता समूहका प्रतिनिधिलाई जानकारी गराइएको थियो । उक्त कार्यमा सामुदायिक वन उपभोक्ता समूहको भूमिका, सहभागिता र आवश्यक समन्वयका विषयमा समेत छलफल भएको छ । आयोजना प्रमुख श्यामजी भण्डारीले जलाशय क्षेत्रभित्र पर्ने रुख कटानको काम व्यवस्थित रूपमा अघि बढाउन सामुदायिक वन उपभोक्ता समूहसँग परामर्श सुरु गरिएको जानकारी दिनुभयो । रुख गणना, छपान तथा कटानसम्बन्धी प्रक्रिया अघि बढाउँदा सम्बन्धित वन समूहको सहभागिता र समन्वयलाई महत्त्व दिइएको उहाँले बताउनुभयो ।

जलाशय क्षेत्रभित्र पर्ने वन क्षेत्रको व्यवस्थापन आयोजनाको निर्माण प्रक्रियासँग जोडिएको विषय भएकाले प्रचलित वनसम्बन्धी कानुनी व्यवस्था र निर्धारित प्रक्रियाअनुसार काम अघि बढाउनुपर्ने भण्डारीले बताउनुभयो । रुख गणना, कटान तथा आवश्यक प्रक्रिया पूरा गर्न उपभोक्ता समूहले कसरी सहभागिता जनाउने भन्ने विषयमा बैठकमा छलफल भएको थियो । बैठकमा छलफल भएका विषयलाई कार्यान्वयनमा लैजान आवश्यक प्रक्रिया अघि बढाउने सहमति भएको आयोजना प्रमुख भण्डारीले जानकारी दिनुभयो ।


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस् (Comments)

तपाईंले प्रतिक्रिया दिनको लागि लगइन गर्नुपर्नेछ।

लगइन गर्नुहोस्
कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्!
न्युज बिहानी

न्युज बिहानी सत्य, तथ्य र निष्पक्ष समाचारका साथ तपाईलाई सधैं अपडेट राख्ने प्रतिबद्ध छ।

सम्पर्क

Bhairavi Media Pvt. Ltd.
Putalisadak–31, Kathmandu
9851165011
दर्ता विवरण
सूचना विभाग दर्ता नं.: ६९३
प्रेस काउन्सिल दर्ता नं.: १००४

हाम्रो टिम

प्रधान सम्पादक गोकर्ण बराल
सम्पादक विजय हमाल
© 2017–2026 News Bihani. सर्वाधिकार सुरक्षित।
Advertisement Ad ends in 15s
Bisup