लोड हुँदै...
लोड हुँदै...
गृहपृष्ठ
पात्रो
सम्पर्क
मिति
युनिकोड

एनपिएल : विराटनगरले जनकपुरलाई दियो १७५ रनको चुनौती

खेलकुद

एनपिएल : विराटनगरले जनकपुरलाई दियो १७५ रनको चुनौती

न्युज बिहानी
न्युज बिहानी
Shares
एनपिएल  : विराटनगरले जनकपुरलाई दियो १७५ रनको चुनौती

काठमाडौँ, १७ कात्तिक : नेपाल प्रिमियर लिग (एनपिएल) प्रतियोगितामा विराटनगर किङ्सले जनकपुर बोल्ट्सलाई जित्नको लागि १७५ रनको लक्ष्य दिएको छ । कीर्तिपुरस्थत त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा जारी खेलमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको विराटनगरले निर्धारित २० ओभरमा तीन विकेट गुमाएर १७४ रनको योगफल बनाएको हो  । 

विराटनगरका लागि इमरान शेखले सर्वाधिक ५६ रनको योगदान दिए । उनले ४५ बलमा ५ चौका र २ छक्का प्रहार गरे । त्यस्तै आन्द्रे रसेलले २९ बलमा अविजित ५२ रन  बनाए । उनले २ चौका र ५ छक्का प्रहार गरे । लोकेश बमले ४० बलमा ३ चौका र ३ चक्काको सहयोगमा ५० रन बनाए । शुभम रञ्जाने ५ बलमा ७ रनमा अविजित रहे । बलिङतर्फ जनकपुरका अभिषेक तिवारीले २ विकेट लिए भने मोइन अलीले १ विकेट हात पारे । जनकपुर अहिले जवाफी ब्याटिङमा उत्रेको छ ।


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस् (Comments)

तपाईंले प्रतिक्रिया दिनको लागि लगइन गर्नुपर्नेछ।

लगइन गर्नुहोस्
कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्!
न्युज बिहानी

न्युज बिहानी सत्य, तथ्य र निष्पक्ष समाचारका साथ तपाईलाई सधैं अपडेट राख्ने प्रतिबद्ध छ।

सम्पर्क

Bhairavi Media Pvt. Ltd.
Putalisadak–31, Kathmandu
9851165011
दर्ता विवरण
सूचना विभाग दर्ता नं.: ६९३
प्रेस काउन्सिल दर्ता नं.: १००४

हाम्रो टिम

प्रधान सम्पादक गोकर्ण बराल
सम्पादक विजय हमाल
© 2017–2026 News Bihani. सर्वाधिकार सुरक्षित।
Advertisement Ad ends in 15s
Bisup