लोड हुँदै...
लोड हुँदै...
गृहपृष्ठ
पात्रो
सम्पर्क
मिति
युनिकोड

मालपोतका कर्मचारीविरुद्ध मुद्दा दायर

समाचार

मालपोतका कर्मचारीविरुद्ध मुद्दा दायर

न्युज बिहानी
न्युज बिहानी
Shares
मालपोतका कर्मचारीविरुद्ध मुद्दा दायर

काठमाडौँ, १७ कात्तिकः अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गैरकानुनी रुपमा सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको अभियोगमा मालपोत कार्यालय भक्तपुरका नायब सुब्बा यदुनाथ आचार्यसमेत छ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । आयोगका अनुसार आचार्यले रु नौ करोड ७२ लाख ७१ हजार ९८९ बराबर गैरकानुनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको जनाएको छ ।

आयोगले आचार्य जिल्ला विकास समितिको कार्यालय, खोटाङमा गाविस सचिवमा नियुक्त भएको २०५४ माघ २ गतेदेखि सार्वजनिक पदमा बहाल रहेको २०८० मङ्सिर २१ गतेसम्मको अवधिको अनुसन्धान गरेको थियो । आयोगका अनुसार, सो अवधिममा आचार्य र उनको एकाघरको परिवार÷सगोलमा रहेका व्यक्तिले रु छ करोड २५ लाख ६३ हजार ३४५ वैध आय गरेको देखिन्छ । यस्तै, सोही अवधिममा रु १५ करोड ९८ लाख ३५ हजार ३३५ बराबरको खर्च तथा लगानी गरेको पाइएको छ । 

परीक्षण अवधिमा वैध आयभन्दा खर्च तथा लगानी बढी भएको पाइएको आयोगको ठहर छ । आयोगले रु नौ करोड ७२ लाख ७१ हजार ९८९ बराबर गैरकानुनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको आरोप लगाएको छ । आयोगले आचार्यको श्रीमती ललिता राजभण्डारी, छोरी निलु आचार्य र सरु आचार्यविरुद्ध समान बिगो बराबरको मागदाबी गरेको छ । 

यस्तै, भक्तपुर मध्यपुरथिमि–२ का प्रभा बस्नेत र काठमाडौँ पेप्सीकोलाका कुमारी कटुवालविरुद्ध रु ३८ लाख ८६ हजार १८२ बराबरको बिगो मागदाबी गरेको छ ।
यस्तै, आयोगले आचार्य र उनका परिवारका सदस्यविरुद्ध पनि सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण ऐन, २०६४ को दफा ३ बमोजिमको कसुर गरेको अभियोगमा अर्को मुद्दा दायर गरेको छ । 


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस् (Comments)

तपाईंले प्रतिक्रिया दिनको लागि लगइन गर्नुपर्नेछ।

लगइन गर्नुहोस्
कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्!
न्युज बिहानी

न्युज बिहानी सत्य, तथ्य र निष्पक्ष समाचारका साथ तपाईलाई सधैं अपडेट राख्ने प्रतिबद्ध छ।

सम्पर्क

Bhairavi Media Pvt. Ltd.
Putalisadak–31, Kathmandu
9851165011
दर्ता विवरण
सूचना विभाग दर्ता नं.: ६९३
प्रेस काउन्सिल दर्ता नं.: १००४

हाम्रो टिम

प्रधान सम्पादक गोकर्ण बराल
सम्पादक विजय हमाल
© 2017–2026 News Bihani. सर्वाधिकार सुरक्षित।
Advertisement Ad ends in 15s
Bisup