लोड हुँदै...
लोड हुँदै...
गृहपृष्ठ
पात्रो
सम्पर्क
मिति
युनिकोड

एनपिएल : चितवन राइनोजविरुद्ध सुदूरपश्चिम रोयल्सको जित

खेलकुद

एनपिएल : चितवन राइनोजविरुद्ध सुदूरपश्चिम रोयल्सको जित

न्युज बिहानी
न्युज बिहानी
Shares
एनपिएल : चितवन राइनोजविरुद्ध सुदूरपश्चिम रोयल्सको जित

काठमाडौँ, १६ कात्तिकः तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत चितवन राइनोजविरुद्ध सुदूरपश्चिम रोयल्सले पाँच विकेटको जित निकालेको छ । यस प्रतियोगितामा उसको यो दोस्रो जित हो । सुदूरपश्चिमले यसअघि दोस्रो खेलमा पोखरा एभेन्जर्सलाई हराएको थियो । आज भएको खेलमा चितवनले दिएको १३० रनको लक्ष्य सुदूरपश्चिमले १६ दशमलव चार ओभरमा पाँच विकेटको क्षतिमा पूरा गर्‍यो ।

उसका लागि ब्रेन्डन म्याकमुलेनले २१ बलमा छ चौका र दुई छक्कासहित सर्वाधिक ४३ रनको पारी खेले । यस्तै, ईशान पाण्डेले २१ र विनोद भण्डारीले ११ रन जोडे । अविजित रहेका शेरफन रदरफर्डले २१ र आरिफ शेखले २० रन बनाए ।चितवनका लागि बलिङतर्फ रञ्जित कुमारले चार ओभरमा २८ रन दिएर सर्वाधिक तीन विकेट लिए । यस्तै, मौसम ढकाल र रिजन ढकालले समान एक/एक विकेट लिए । त्यसअघि कीर्तिपुरस्थित त्रिभुवन अन्तरराष्ट्रिय क्रिकेट मैदानमा टस हारेर ब्याटिङको मौका पाएको चितवनले निर्धारित २० ओभरमा छ विकेट गुमाएर १२९ रन बनायो ।

उसका लागि रवि बोपाराले ४० बलमा तीन चौका र दुई छक्कासहित सर्वाधिक ४९ रनको पारी खेले । यस्तै, डेविड मलानले १६, कप्तान सिकन्दर राजा र अर्जुन साउदले समान १५/१५ तथा विवेककुमार यादवले १७ रन जोडे ।सुदूरपश्चिमका लागि बलिङतर्फ स्कट कुग्लाइनले दुई तथा कप्तान दीपेन्द्रसिंह ऐरी र अनिल खरेलले एक/एक विकेट लिए । आजै भएको पहिलो खेलमा कर्णाली याक्सविरुद्ध काठमाण्डु गोर्खाजले चार विकेटको जित दर्ता गरेको थियो ।


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस् (Comments)

तपाईंले प्रतिक्रिया दिनको लागि लगइन गर्नुपर्नेछ।

लगइन गर्नुहोस्
कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्!
न्युज बिहानी

न्युज बिहानी सत्य, तथ्य र निष्पक्ष समाचारका साथ तपाईलाई सधैं अपडेट राख्ने प्रतिबद्ध छ।

सम्पर्क

Bhairavi Media Pvt. Ltd.
Putalisadak–31, Kathmandu
9851165011
दर्ता विवरण
सूचना विभाग दर्ता नं.: ६९३
प्रेस काउन्सिल दर्ता नं.: १००४

हाम्रो टिम

प्रधान सम्पादक गोकर्ण बराल
सम्पादक विजय हमाल
© 2017–2026 News Bihani. सर्वाधिकार सुरक्षित।
Advertisement Ad ends in 15s
Bisup