काठमाडौँ, १८ असोज : स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सुनको मूल्य प्रतितोला रु दुई हजार ९०० र चाँदीको मूल्य रु ६० ले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाल सुन प्रतितोला रु दुई लाख ९१ हजार ९०० र त्यति नै परिमाणको सेतो धातुको मूल्य रु चार हजार ३९० कायम भएको छ । गत शुक्रबार एक तोला छापावाल सुन रु दुई लाख ९४ हजार ८०० र एक तोला असली चाँदी रु चार हजार ४५० मा खरिदबिक्री भएको थियो ।
सुनचाँदीको मूल्य घट्यो
प्रतिक्रिया दिनुहोस् (Comments)
तपाईंले प्रतिक्रिया दिनको लागि लगइन गर्नुपर्नेछ।
लगइन गर्नुहोस्