लोड हुँदै...
लोड हुँदै...
cg
गृहपृष्ठ
पात्रो
सम्पर्क
मिति
युनिकोड

एनआईसी एशिया बैंकले गर्यो नेपालमै पहिलो पटक Apple Pay र Google Pay भुक्तानी स्वीकार गर्ने सेवा सञ्चालन

वित्त बजार

एनआईसी एशिया बैंकले गर्यो नेपालमै पहिलो पटक Apple Pay र Google Pay भुक्तानी स्वीकार गर्ने सेवा सञ्चालन

न्युज बिहानी
न्युज बिहानी
Shares
एनआईसी एशिया बैंकले गर्यो  नेपालमै पहिलो पटक Apple Pay र Google Pay भुक्तानी स्वीकार गर्ने सेवा सञ्चालन

एन आई सी एशिया बैंकका ई–कमर्स पेमेन्ट गेटवे मर्चेन्ट ग्राहकहरुले अब नेपालमै पहिलो पटक Apple Pay र Google Pay अन्तर्गतका Visa तथा Mastercard प्रयोगकर्ता मार्फत सहजै भुक्तानी प्राप्त गर्न सक्नुहुने भएको छ । यस सुविधा अन्तर्गत डिजिटल भुक्तानी प्रणालीलाई थप आधुनिक, सहज र सुरक्षित बनाउने उद्देश्य सहित बैंकको CyberSource Payment Gateway मा आवद्ध हुनुभएका र हुन चाहने व्यवसायिक ग्राहकहरुले विश्वभर रहेका Apple Pay तथा Google Pay प्रयोगकर्ताबाट आफ्नो ई–कमर्स प्लेटफर्ममार्फत सहज र सुरक्षित रुपमा भुक्तानी स्वीकार गर्न सक्नुहुनेछ । 

Apple Pay र Google Pay विश्वव्यापी रुपमा मान्यताप्राप्त मोबाइलमा आधारित भुक्तानी माध्यम हुन् । जसमा अन्तर्राष्ट्रिय ग्राहक महानुभावहरुले भौतिक रुपमा कार्ड प्रयोग गर्नु पर्ने झन्झटलाई हटाइ आफ्नो कार्डको विवरणहरुलाई Apple र Google Android मोबाइलमा Tokenize गरेर सरल तरिकाबाट भुक्तानी गर्न सक्नुहुन्छ । यस सुविधाको उपयोग गर्न विशेषगरी होटल, टुर्स एण्ड ट्राभल्स, ह्यान्डीक्राफ्ट, एयरलाइन्स, ई–कमर्स, आईटी क्षेत्र जस्ता मर्चेन्ट ग्राहक महानुभावहरुले बैंकको ई–कमर्स पेमेन्ट गेटवे CyberSource मा आवद्ध भई अन्तर्राष्ट्रिय ग्राहकहरुबाट Apple Pay र Google Pay मार्फत भुक्तानी लिन सक्नुहुनेछ । 

यस सुविधाले नेपाली व्यवसायीहरुलाई अन्तर्राष्ट्रिय ग्राहकका लागि थप सहज र परिचित Payment experience सुविधा प्रदान गर्न सहयोग पुर्‍याउनेछ । विशेषगरी पर्यटन तथा आतिथ्य, यात्रा, ई–कमर्श, आईटी क्षेत्र, सामान निर्यात गर्ने व्यवसायी लगायत अन्तर्राष्ट्रिय ग्राहकबाट भुक्तानी प्राप्त गर्ने व्यवसायका लागि यसले अन्तरदेशीय व्यापार विस्तार गर्न तथा विदेशी मुद्रा आर्जनको सम्भावनालाई थप सहयोग पुर्‍याउने अपेक्षा गरिएको छ । 

नेपालमै पहिलो पटक शुरु भएको यस भुक्तानी सेवाले भुक्तानी सेवालाई थप सहज र सरल बनाउने, मर्चेन्ट ग्राहक महानुभावहरुको व्यवसायमा टेवा दिने, भुक्तानी सरल र सुरक्षित बनाउनुको साथै नेपालको पर्यटन प्रवद्र्धनमा समेत सकारात्मक योगदान गर्दै देशको अर्थतन्त्र र अन्तरदेशीय भुक्तानीमा नयाँ आयाम थप्ने बैंकले विश्वास लिएको छ ।


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस् (Comments)

तपाईंले प्रतिक्रिया दिनको लागि लगइन गर्नुपर्नेछ।

लगइन गर्नुहोस्
कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्!
न्युज बिहानी

न्युज बिहानी सत्य, तथ्य र निष्पक्ष समाचारका साथ तपाईलाई सधैं अपडेट राख्ने प्रतिबद्ध छ।

सम्पर्क

Bhairavi Media Pvt. Ltd.
Putalisadak–31, Kathmandu
9851165011
दर्ता विवरण
सूचना विभाग दर्ता नं.: ६९३
प्रेस काउन्सिल दर्ता नं.: १००४

हाम्रो टिम

प्रधान सम्पादक गोकर्ण बराल
सम्पादक विजय हमाल
© 2017–2026 News Bihani. सर्वाधिकार सुरक्षित।
Advertisement Ad ends in 15s
Bisup