लोड हुँदै...
लोड हुँदै...
cg
गृहपृष्ठ
पात्रो
सम्पर्क
मिति
युनिकोड

एभरेष्ट बैंक र मेदान्त अस्पतालबीच स्वास्थ्य सेवामा बिशेष छुट दिने सम्झौता

वित्त बजार

एभरेष्ट बैंक र मेदान्त अस्पतालबीच स्वास्थ्य सेवामा बिशेष छुट दिने सम्झौता

न्युज बिहानी
न्युज बिहानी
Shares
एभरेष्ट बैंक र मेदान्त अस्पतालबीच स्वास्थ्य सेवामा बिशेष  छुट दिने सम्झौता

काठमाडौँ। एभरेष्ट बैंक लिमिटेडले आफ्ना ग्राहकहरूलाई स्वास्थ्य जाँच÷परिक्षण सेवामा छुट प्रदान गर्ने उद्देश्यले भारतको नयाँ दिल्ली स्थित रहेको प्रतिष्ठित मेदान्त अस्पताल (द मेडिसिटी) सँग सम्झौता गरेको छ । यस सम्झौताअनुसार एभरेष्ट बैंकका डेबिट तथा क्रेडिट कार्डवाहक ग्राहकहरूले नयाँ दिल्लीलगायत गुरुग्राम, लखनउ, इन्दौर, राँची र नोएडामा गरी विभिन्न शहरमा रहेका मेदान्त अस्पतालका १३ शाखाहरूमा उपचार गराउँदा १५ प्रतिशतसम्मको आकषर्क छुट प्राप्त गर्न सक्नेछन् ।

यो १५ प्रतिशत छुट अस्पतालको ओपिडी सेवा (डाक्टरको परामर्श, प्रयोगशाला र रेडियोलोजी), आइपिडी सेवा (बेड भाडा, प्रयोगशाला र रेडियोलोजी) तथा मेदान्तको स्ट्यान्डर्ड प्रिभेन्टिभ हेल्थ प्याकेजमा लागू हुनेछ । यस छुटको सुविधा प्राप्त गर्नका लागि अस्पतालको बिल भुक्तानी एभरेष्ट बैंकको डेबिट वा क्रेडिट कार्डमार्फत गर्नुुपर्नेछ । अस्पतालभित्र उपलब्ध सेवाहरूमा मात्र लागू हुने यो विशेष छुट सम्झौताले बैंकका ग्राहकहरूलाई गुणस्तरीय स्वास्थ्य सेवामा सहज पहुँच पुर्याउनेछ । 


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस् (Comments)

तपाईंले प्रतिक्रिया दिनको लागि लगइन गर्नुपर्नेछ।

लगइन गर्नुहोस्
कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्!
न्युज बिहानी

न्युज बिहानी सत्य, तथ्य र निष्पक्ष समाचारका साथ तपाईलाई सधैं अपडेट राख्ने प्रतिबद्ध छ।

सम्पर्क

Bhairavi Media Pvt. Ltd.
Putalisadak–31, Kathmandu
9851165011
दर्ता विवरण
सूचना विभाग दर्ता नं.: ६९३
प्रेस काउन्सिल दर्ता नं.: १००४

हाम्रो टिम

प्रधान सम्पादक गोकर्ण बराल
सम्पादक विजय हमाल
© 2017–2026 News Bihani. सर्वाधिकार सुरक्षित।
Advertisement Ad ends in 15s
Bisup