लोड हुँदै...
लोड हुँदै...
cg
गृहपृष्ठ
पात्रो
सम्पर्क
मिति
युनिकोड

तनहुँमा मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु

समाचार

तनहुँमा मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु

न्युज बिहानी
न्युज बिहानी
Shares
तनहुँमा मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु

तनहुँ, १८ असोजः तनहुँको भानु नगरपालिका-१० तल्लो मैदानमा आज भएको मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही ठाउँ बस्ने ४५ वर्षीय शङ्कर पाण्डे र ६५ वर्षीय टङ्कनीति पाण्डे रहेका जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

हटियाबाट चिसापानीतर्फ जाँदै गरेको ग१९प ८०६५ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सडकबाट १० मिटर तल खस्दा दुर्घटना भएको थियो । दुर्घटनामा गम्भीर घाइते भएका दुवै जनालाई थप उपचारका लागि अस्पताल पठाइएकामा छुट्टाछुट्ट अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक मनोज पाण्डेले जानकारी दिनुभयो । 

उहाँका अनुसार मोटरसाइकल चालक शङ्करको पुरानो मेडिकल कलेज चितवनमा मृत्यु भएको हो भने टङ्कनीतिको प्रदेश अस्पताल लमजुङमा मृत्यु भएको हो । 


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस् (Comments)

तपाईंले प्रतिक्रिया दिनको लागि लगइन गर्नुपर्नेछ।

लगइन गर्नुहोस्
कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्!
न्युज बिहानी

न्युज बिहानी सत्य, तथ्य र निष्पक्ष समाचारका साथ तपाईलाई सधैं अपडेट राख्ने प्रतिबद्ध छ।

सम्पर्क

Bhairavi Media Pvt. Ltd.
Putalisadak–31, Kathmandu
9851165011
दर्ता विवरण
सूचना विभाग दर्ता नं.: ६९३
प्रेस काउन्सिल दर्ता नं.: १००४

हाम्रो टिम

प्रधान सम्पादक गोकर्ण बराल
सम्पादक विजय हमाल
© 2017–2026 News Bihani. सर्वाधिकार सुरक्षित।
Advertisement Ad ends in 15s
Bisup