लोड हुँदै...
लोड हुँदै...
cg
गृहपृष्ठ
पात्रो
सम्पर्क
मिति
युनिकोड

नेपाल लाइफको ‘स्टार अवार्ड’ श्रृंखला सम्पन्न, उत्कृष्ट अभिकर्ताहरू सम्मानित

कर्पोरेट

नेपाल लाइफको ‘स्टार अवार्ड’ श्रृंखला सम्पन्न, उत्कृष्ट अभिकर्ताहरू सम्मानित

उनले कम्पनीको वृद्धि, ग्राहक सेवा तथा बीमाको पहुँच विस्तारमा अभिकर्ताहरूको निरन्तर योगदान महत्वपूर्ण रहेको उल्लेख गरे।

न्युज बिहानी
न्युज बिहानी
Shares
नेपाल लाइफको ‘स्टार अवार्ड’ श्रृंखला सम्पन्न, उत्कृष्ट अभिकर्ताहरू सम्मानित

नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले देशको सबै प्रदेशहरूमा सञ्चालन गरेको ‘स्टार अवार्ड २०८२–८३’ कार्यक्रमको श्रृंखला सफलतापूर्वक सम्पन्न गरेको छ। उत्कृष्ट कार्यसम्पादन गर्ने अभिकर्ताहरूलाई सम्मान गर्दै उनीहरूलाई थप व्यावसायिक रूपमा सक्षम र उत्प्रेरित बनाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको थियो।

कम्पनीले असोज ४ गते इटहरीमा, असोज ५ गते बर्दिबासमा, असोज ७ गते बुटवलमा, असोज ८ गते नारायणगढमा, असोज ११ गते काठमाडौंमा, असोज १२ गते धनगढीमा, असोज १३ गते सुर्खेतमा र असोज १५ गते पोखरामा भव्यताका साथ ‘स्टार अवार्ड २०८२–८३’ कार्यक्रम सम्पन्न गरेको छ। उक्त कार्यक्रममा कुल २५८१ उत्कृष्ट अभिकर्ता तथा एजेन्सी म्यानेजरहरूको सहभागिता रहेको थियो भने १०६४ जना उत्कृष्ट प्रदर्शनकर्ताहरूलाई स्टार अवार्डबाट सम्मानित गरिएको थियो।

कार्यक्रममा नेपाल लाइफका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुली, नेसनल सेल्स हेड उमापति पोखरेल, एजेन्सी सर्भिसिङ विभाग प्रमुख सुनिता पोखरेल, सेल्स प्रशिक्षक किसु झा, पेशागत बीमा अभिकर्ता संघ नेपालका अध्यक्ष ओमबहादुर केसी तथा पेशागत बीमा अभिकर्ता संघ नेपाल, बीमक समिति नेपाल लाइफका अध्यक्ष गणेश अधिकारी लगायतको सहभागिता रहेको थियो। सबै स्थानको कार्यक्रममा मोटिभेसन तथा सेल्स प्रशिक्षक किशु झाले प्रशिक्षण प्रदान गर्नुभएको थियो।

कार्यक्रममा सम्बोधन गर्दै नेपाल लाइफका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले अभिकर्ता सञ्जाल कम्पनीको व्यवसाय विस्तार र ग्राहकसँगको सम्बन्ध निर्माणको महत्वपूर्ण आधार रहेको बताए। उनले अभिकर्ताहरूलाई अनुशासन, जिम्मेवारी र व्यावसायिक आचरणलाई केन्द्रमा राखेर कार्य गर्न आग्रह गरे। उनले कम्पनीले अभिकर्ताहरूलाई समान अवसर, सम्मान र व्यावसायिक विकासका अवसर प्रदान गर्दै आएको उल्लेख गर्दै बीमा सेवाप्रति आमविश्वास थप बलियो बनाउन सबै पक्षको भूमिका महत्वपूर्ण हुने धारणा राखे। 

उनले हालैका विपद्का घटनामा ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली व्यक्त गर्दै प्रभावित परिवारप्रति समवेदना प्रकट गरे। साथै विपद्बाट प्रभावित अभिकर्ता तथा बीमितहरूको अवस्था पहिचान गरी आवश्यक सहयोगका लागि पहल भइरहेको जानकारी दिए। नेपाल लाइफका नेसनल सेल्स हेड उमापति पोखरेलले उत्कृष्ट प्रदर्शन गर्ने अभिकर्ताहरूलाई बधाई दिँदै आगामी दिनमा अझ बढी प्रतिबद्धता, ऊर्जा र व्यावसायिक सोचका साथ अगाडि बढ्न प्रेरित गरे। उनले कम्पनीको वृद्धि, ग्राहक सेवा तथा बीमाको पहुँच विस्तारमा अभिकर्ताहरूको निरन्तर योगदान महत्वपूर्ण रहेको उल्लेख गरे।

पेशागत बीमा अभिकर्ता संघ नेपालका अध्यक्ष ओमबहादुर केसीले अभिकर्तासँग सम्बन्धित ऐन, नियमावली तथा व्यावसायिक सरोकारका विषयमा आवश्यक सुधारका लागि संघले निरन्तर पहल गरिरहेको बताए। उनले सामाजिक सञ्जालमा तथ्यहीन तथा भ्रामक सामग्री सम्प्रेषण नगर्न र आफ्नो व्यावसायिक जिम्मेवारीप्रति सचेत रहन समेत आग्रह गरे।

पेशागत बीमा अभिकर्ता संघ नेपाल, बीमक समिति नेपाल लाइफ इन्स्योरेन्स कम्पनीका अध्यक्ष गणेश अधिकारीले सम्मानित अभिकर्ताहरूलाई बधाई दिँदै उनीहरूको योगदानले कम्पनीको व्यावसायिक यात्रालाई थप मजबुत बनाएको बताए। उहाँले सम्पूर्ण अभिकर्ताहरू एकजुट भई थप मेहनतका साथ कम्पनीको बजार हिस्सा थप उचाइमा पुर्‍याउन कार्य गर्नुपर्ने बताए।

स्टार अवार्डलाई केवल सम्मान कार्यक्रममा सीमित नराखी अभिकर्ताहरूको प्रेरणा, ज्ञान अभिवृद्धि, व्यावसायिक क्षमता विकास तथा अनुभव साझेदारीको प्लेटफर्मका रूपमा समेत सञ्चालन गरिएको थियो। देशका विभिन्न प्रमुख सहरमा सम्पन्न यस कार्यक्रममार्फत नेपाल लाइफले उत्कृष्ट कार्यसम्पादनको कदर गर्नुका साथै अभिकर्ता सञ्जालसँगको सहकार्यलाई अझ सुदृढ बनाउने सन्देश दिएको छ।


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस् (Comments)

तपाईंले प्रतिक्रिया दिनको लागि लगइन गर्नुपर्नेछ।

लगइन गर्नुहोस्
कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्!
न्युज बिहानी

न्युज बिहानी सत्य, तथ्य र निष्पक्ष समाचारका साथ तपाईलाई सधैं अपडेट राख्ने प्रतिबद्ध छ।

सम्पर्क

Bhairavi Media Pvt. Ltd.
Putalisadak–31, Kathmandu
9851165011
दर्ता विवरण
सूचना विभाग दर्ता नं.: ६९३
प्रेस काउन्सिल दर्ता नं.: १००४

हाम्रो टिम

प्रधान सम्पादक गोकर्ण बराल
सम्पादक विजय हमाल
© 2017–2026 News Bihani. सर्वाधिकार सुरक्षित।
Advertisement Ad ends in 15s
Bisup