लोड हुँदै...
लोड हुँदै...
cg
गृहपृष्ठ
पात्रो
सम्पर्क
मिति
युनिकोड

नेकपाकाे प्रचार विभागकाे बैठक सम्पन्न, के गर्याे निर्णय ?

समाचार

नेकपाकाे प्रचार विभागकाे बैठक सम्पन्न, के गर्याे निर्णय ?

न्युज बिहानी
न्युज बिहानी
Shares
नेकपाकाे प्रचार विभागकाे बैठक सम्पन्न, के गर्याे निर्णय ?

ठमाडौं , १८ असाेज । नेपाली कम्युनिस्ट पार्टीको केन्द्रीय प्रचार विभागकाे प्रथम बैठक सम्पन्न भएको छ । शनिबार पार्टी मुख्यालय पेरिसडाँडामा पार्टी प्रवक्ता प्रकाश ज्वालाको प्रमुख आतिथ्यता तथा विभाग प्रमुख रेखा शर्माको अध्यक्षतामा सम्पन्न बैठकले बलराम थापालाई सचिवमा चयन गरेको छ । विभागका उपप्रमुख अशेष घिमिरेकाे सन्चालनमा सम्पन्न बैठकमा विभागले पार्टीको प्रचार नीति र आगामी कार्ययाेजना निर्माणबारे महत्त्वपूर्ण काम गर्ने विभाग प्रमुख शर्माले बताउनुभयाे ।

बैठकमा आफ्नो धारणा राख्दै प्रवक्ता प्रकाश ज्वालाले प्रचारकाे क्षेत्र सुदृढ नगरी सम्भावित चुनावी युद्व र समाजवादी क्रान्तिमा विजय हासिल गर्न नसकिने बताउनुभयाे ।बैठकमा भाैतिक तथा भर्चुअल सहभागीहरूले पार्टीले एकताका काम छिटो सम्पन्न गर्नुपर्ने, मिडिया रणनीति बनाउनुपर्ने, प्रचारकाे कामलाई पार्टीले विशेष महत्त्व दिनुपर्ने सुझाव दिएका थिए ।


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस् (Comments)

तपाईंले प्रतिक्रिया दिनको लागि लगइन गर्नुपर्नेछ।

लगइन गर्नुहोस्
कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्!
न्युज बिहानी

न्युज बिहानी सत्य, तथ्य र निष्पक्ष समाचारका साथ तपाईलाई सधैं अपडेट राख्ने प्रतिबद्ध छ।

सम्पर्क

Bhairavi Media Pvt. Ltd.
Putalisadak–31, Kathmandu
9851165011
दर्ता विवरण
सूचना विभाग दर्ता नं.: ६९३
प्रेस काउन्सिल दर्ता नं.: १००४

हाम्रो टिम

प्रधान सम्पादक गोकर्ण बराल
सम्पादक विजय हमाल
© 2017–2026 News Bihani. सर्वाधिकार सुरक्षित।
Advertisement Ad ends in 15s
Bisup