लोड हुँदै...
लोड हुँदै...
cg
गृहपृष्ठ
पात्रो
सम्पर्क
मिति
युनिकोड

पार्टी पुनर्गठन कार्यदलको प्रतिवेदन नै रोके ओलीले

राजनीति

पार्टी पुनर्गठन कार्यदलको प्रतिवेदन नै रोके ओलीले

महासचिव पोखरेलले बुझाएको प्रतिवेदन संयोजक बादल र अध्यक्ष ओलीले अड्काएपछि अन्योल भएको छ ।

न्युज बिहानी
न्युज बिहानी
Shares
पार्टी पुनर्गठन कार्यदलको प्रतिवेदन नै रोके ओलीले

एमालेका बहुसंख्यक नेता–कार्यकर्ताले अध्यक्ष केपी ओलीसहित पदाधिकारीले नेतृत्व हस्तान्तरण गर्ने गरी मौजुदा केन्द्रीय कमिटी विघटन गर्नुपर्ने सुझाव दिएको पार्टी पुनर्गठन तथा समीक्षा कार्यदलको प्रतिवेदन नै रोकिएको छ ।उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ नेतृत्वको कार्यदलले सातै प्रदेश, जनसंगठन, केन्द्रीय सम्पर्क समन्वय, प्रवास, केन्द्रीय सल्लाहकार, विभागलगायत क्षेत्रमा कार्यरत अगुवा, नेता–कार्यकर्ताको सुझाव लिएर प्रतिवेदन बनाएको थियो । तर, नेतृत्व नै हस्तान्तरण गर्नुपर्ने बहुसंख्यक सुझाव आएपछि ओलीका विश्वासपात्र थापाले कार्यदल बैठक नै नराखी प्रतिवेदन अड्काएका हुन् । 

कार्यदल सदस्यसमेत रहेका महासचिव शंकर पोखरेलले एक साताअघि नै संयोजक थापा र अध्यक्ष ओलीलाई प्रतिवेदन बुझाएका थिए । त्यसयता थापाले संयोजकको हैसियतमा बैठक राख्न कुनै तत्परता नदेखाएपछि कार्यदलको औचित्यमाथि नै प्रश्न उठेको छ । ‘बैठक संयोजकले राख्नुपर्ने हो, आपसी सल्लाह र समन्वय नभइसकेकाले नबसेको हुनुपर्छ,’ प्रचार विभाग प्रमुख नीरज आचार्यले भने, ‘समन्वय भएर आवश्यकताअनुसार बैठक बसेर छलफल गरेपछि प्रतिवेदन सचिवालयमा जान्छ ।’ उनले प्रतिवेदनका विषयमाथि आफू जानकार नरहेको बताए । 

पार्टी सचिवालयमा अध्यक्ष ओलीले राजीनामा दिएर पार्टी पुनर्गठनका लागि मार्गप्रशस्त गर्नुपर्ने बलियो आवाज उठेपछि १० जेठको बैठकले उपाध्यक्ष रामबहादुर थापा ‘बादल’को नेतृत्वमा निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन सुझाव कार्यदल बनाएको थियो । महासचिव पोखरेलसहित उपाध्यक्षहरू विष्णुप्रसाद पौडेल र पृथ्वीसुब्बा गुरुङ, उपमहासचिव लेखराज भट्ट तथा सचिवहरू छविलाल विश्वकर्मा, पद्मा अर्याल र भानुभक्त ढकाल सदस्य छन् । कार्यदलमा सात प्रदेश इन्चार्जहरूलाई पदेन सदस्य राखिएको छ । 

कार्यदललाई २० असारभित्र प्रतिवेदन बनाउन भनिएको थियो । त्यसपछि केन्द्रीय सचिवालय बैठकमा छलफल गरी केन्द्रीय कमिटी बैठक बोलाउने भनिएकोमा एक हप्ताअघि तयार पारेर महासचिव पोखरेलले बुझाएको प्रतिवेदन संयोजक बादल र अध्यक्ष ओलीले अड्काएपछि अन्योल भएको छ । एमालेमा २१ फागुनको चुनावपछि पार्टीलाई पुनर्गठन गरी रूपान्तरण गर्नुपर्ने बहस तलैसम्म पुगेको छ । त्यसक्रममा कार्यदललाई मूलतः तीन प्रकारको सुझाव प्राप्त भएको नेताहरूले बताउँदै आएका छन् । अध्यक्ष ओलीसहित सिंगो केन्द्रीय कमिटी विघटन गरी तत्काल विशेष महाधिवेशन या अर्ली महाधिवेशन गर्नुपर्ने बहुसंख्यकको सुझाव आएको छ । आजको नयाँ पत्रिका दैनिकमा समाचार छ ।


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस् (Comments)

तपाईंले प्रतिक्रिया दिनको लागि लगइन गर्नुपर्नेछ।

लगइन गर्नुहोस्
कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्!
न्युज बिहानी

न्युज बिहानी सत्य, तथ्य र निष्पक्ष समाचारका साथ तपाईलाई सधैं अपडेट राख्ने प्रतिबद्ध छ।

सम्पर्क

Bhairavi Media Pvt. Ltd.
Putalisadak–31, Kathmandu
9851165011
दर्ता विवरण
सूचना विभाग दर्ता नं.: ६९३
प्रेस काउन्सिल दर्ता नं.: १००४

हाम्रो टिम

प्रधान सम्पादक गोकर्ण बराल
सम्पादक विजय हमाल
© 2017–2026 News Bihani. सर्वाधिकार सुरक्षित।