लोड हुँदै...
लोड हुँदै...
cg
गृहपृष्ठ
पात्रो
सम्पर्क
मिति
युनिकोड

उकालोको ओरालो यात्रा : गेटमा कालो ब्यानर टाँगेर पारिश्रमिक नपाएको भन्दै श्रमजीवीहरु आन्दोलनमा

इनसाइट

उकालोको ओरालो यात्रा : गेटमा कालो ब्यानर टाँगेर पारिश्रमिक नपाएको भन्दै श्रमजीवीहरु आन्दोलनमा

आज (मंगलबार) देखि हाँडीगाउँस्थित उकालोको कार्यालय गेटमा कालो ब्यानर टाँगेर आन्दोलन सुरु गरेका  हुन्।

न्युज बिहानी
न्युज बिहानी
Shares
उकालोको ओरालो यात्रा :  गेटमा कालो ब्यानर टाँगेर पारिश्रमिक नपाएको भन्दै  श्रमजीवीहरु आन्दोलनमा

काठमाडौं । ‘उकालो’ मिडिया हाउसमा कार्यरत श्रमजीवी पत्रकार तथा कर्मचारीहरू लामो समयदेखि पारिश्रमिक नपाएको भन्दै आन्दोलनमा उत्रिएका  छन्। समयमै पारिश्रमिक भुक्तानी, श्रमको सम्मान तथा पत्रकारको पेशागत अधिकार सुनिश्चित गर्न माग गर्दै उनीहरूले आज (मंगलबार) देखि हाँडीगाउँस्थित उकालोको कार्यालय गेटमा कालो ब्यानर टाँगेर आन्दोलन सुरु गरेका  हुन्।

संचार संस्थाको मुख्य आयस्रोत बिज्ञापन भएपनि विज्ञापन नछाप्ने नीति लिएको उकालो अनलाइनमाथि क्राउड फण्डिङको नाममा विगतदेखि नै समाचार र पत्रकारिताको आवरणमा व्यवसायीहरुलाई दबाब सिर्जना गर्ने तथा ‘ब्ल्याकमेलिङ’ गर्ने गरेको आरोपसमेत लाग्दै आएको भन्दै आलोचना हुने गरेको छ। यस अनलाइन मिडियामा बुद्ध एयरका मालिक समेत रहेका बिबादास्पद व्यापारी विरेन्द्र बहादुर बस्नेतको सहयोग रहेको र बस्नेतले आफ्ना प्रतिस्पर्धी कम्पनी तथा व्यक्तिहरुको विरुद्ध समाचार प्रकाशन गर्न लगाउने गरेको समेत आरोप लाग्दै आएको थियो। 

अरुलाई प्रश्न गर्ने ‘उकालो’माथि आफ्नै श्रमजीवीको प्रश्न
उकालो अनलाइनले आफूलाई खोजमूलक तथा सार्वजनिक सरोकारका विषयमा केन्द्रित सञ्चारमाध्यमका रूपमा प्रस्तुत गर्दै आएको छ। तर, आफ्नै संस्थामा काम गर्ने पत्रकार तथा कर्मचारीले लामो समयसम्म पारिश्रमिक नपाएको भन्दै सार्वजनिक रूपमा आन्दोलन घोषणा गरेपछि पत्रकार तथा कर्मचारीको श्रम शोषण, संस्थाको आर्थिक पारदर्शिता र संस्थागत जवाफदेहितामाथि प्रश्न उठेको छ।

पत्रकारिता सार्वजनिक जवाफदेहिताको महत्वपूर्ण माध्यम हो। सञ्चारमाध्यमले अरू संस्थाको पारदर्शिता, सुशासन र श्रम अधिकारमाथि प्रश्न उठाउनु स्वाभाविक हो। तर त्यसको विश्वसनीयता कायम राख्न सञ्चारमाध्यम स्वयंले पनि श्रम कानुन, पारिश्रमिक भुक्तानी, कर्मचारीको पेशागत सुरक्षा र संस्थागत पारदर्शिताको मापदण्ड पालना गर्नुपर्ने हुन्छ।उकालोका श्रमजीवीले उठाएको प्रश्न यही बिन्दुमा आएर गम्भीर छ, अरूलाई जवाफदेही बनाउने भन्ने सञ्चारमाध्यम आफ्नै श्रमजीवीप्रति किन जवाफदेही छैन? 

उकालोको गेटमा कालो ब्यानर
आन्दोलनरत पत्रकार तथा कर्मचारीले श्रमको सम्मान, समयमै पारिश्रमिक र पेशागत अधिकारका लागि सुरु हुन लागेको अभियानमा सहभागी हुन श्रमजीवी पत्रकारहरुलाई आह्वान गरेका छन्। उनीहरुले मंगलबार हाँडीगाउँस्थित उकालोको कार्यालय गेटमा कालो ब्यानर टाँगेर आन्दोलनको औपचारिक सुरुवात गर्ने श्रमजीवी पत्रकार संघका अध्यक्ष जन्मदेव जैशीले जनाएका छन्।

आन्दोलनरत श्रमजीवी पत्रकारहरुले ‘अन्यायविरुद्ध आवाज बुलन्द गरौँ, श्रमजीवी पत्रकारको अधिकारका लागि एकजुट बनौँ’ भन्ने आह्वान गरेका छन् ।पत्रकारहरूले यो आन्दोलन  कुनै व्यक्ति वा संस्थाविरुद्धको व्यक्तिगत प्रतिशोध नभई श्रमजीवी पत्रकारको अधिकार र सम्मानका लागि सुरु गरिएको न्यायपूर्ण संघर्षका रूपमा प्रस्तुत गरेका छन्। उनीहरूले अन्य सञ्चारमाध्यममा कार्यरत श्रमजीवी पत्रकारहरुलाई समेत ऐक्यबद्धताका लागि आह्वान गरेका छन्।


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस् (Comments)

तपाईंले प्रतिक्रिया दिनको लागि लगइन गर्नुपर्नेछ।

लगइन गर्नुहोस्
कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्!
न्युज बिहानी

न्युज बिहानी सत्य, तथ्य र निष्पक्ष समाचारका साथ तपाईलाई सधैं अपडेट राख्ने प्रतिबद्ध छ।

सम्पर्क

Bhairavi Media Pvt. Ltd.
Putalisadak–31, Kathmandu
9851165011
दर्ता विवरण
सूचना विभाग दर्ता नं.: ६९३
प्रेस काउन्सिल दर्ता नं.: १००४

हाम्रो टिम

प्रधान सम्पादक गोकर्ण बराल
सम्पादक विजय हमाल
© 2017–2026 News Bihani. सर्वाधिकार सुरक्षित।