लोड हुँदै...
लोड हुँदै...
गृहपृष्ठ
पात्रो
सम्पर्क
मिति
युनिकोड

अस्पतालका शौचालय र नुहाउने ठाउँमा ८७१ महिलाको गोप्य भिडियो खिच्ने चिकित्सक पक्राउ

समाचार

अस्पतालका शौचालय र नुहाउने ठाउँमा ८७१ महिलाको गोप्य भिडियो खिच्ने चिकित्सक पक्राउ

चोले मेलबर्नका तीन ठूला अस्पतालमा काम गर्ने महिला चिकित्सक, नर्स तथा अन्य स्वास्थ्यकर्मीलाई लक्षित गरेका थिए ।

न्युज बिहानी
न्युज बिहानी
Shares
अस्पतालका शौचालय र नुहाउने ठाउँमा ८७१ महिलाको गोप्य भिडियो खिच्ने चिकित्सक पक्राउ

अस्ट्रेलिया । अस्पतालभित्र कार्यरत सहकर्मी महिलाहरूको शौचालय तथा नुहाउने स्थानमा गोप्य रूपमा भिडियो खिचेको आरोपमा एक कनिष्ठ चिकित्सक रयान चो पक्राउ परेका छन् । सन् २०२४ देखि २०२५ सम्मको अवधिमा उनले ८७१ जना महिलाको गोप्य भिडियो खिचेको बताइएको छ । घटनामा अस्पतालमा कार्यरत महिला सहकर्मीहरू प्रभावित भएको जनाइएको छ ।

चोले मेलबर्नका तीन ठूला अस्पतालमा काम गर्ने महिला चिकित्सक, नर्स तथा अन्य स्वास्थ्यकर्मीलाई लक्षित गरेका थिए । उनले मोबाइल फोनलाई जालीको झोलाभित्र लुकाएर शौचालय तथा नुहाउने स्थानमा राखी गोप्य रूपमा भिडियो रेकर्ड गर्ने गरेको अदालतमा सुनाइएको छ । चोले मेलबर्नका तीन ठूला अस्पतालमा काम गर्ने महिला चिकित्सक, नर्स तथा अन्य स्वास्थ्यकर्मीलाई लक्षित गरेका थिए । 

उनले मोबाइल फोनलाई जालीको झोलाभित्र लुकाएर शौचालय तथा नुहाउने स्थानमा राखी गोप्य रूपमा भिडियो रेकर्ड गर्ने गरेको अदालतमा सुनाइएको छ ।अदालतमा प्रस्तुत विवरणअनुसार, चोले ८७१ महिलासहित कुल ८७४ जनाको गोप्य भिडियो खिचेको स्वीकार गरेका छन् । प्रहरीले उनको उपकरणबाट करिब ३ हजार भिडियो फेला पारेको थियो । दुई बालिकाको भिडियोसमेत फेला परेको अदालतमा बताइएको छ ।

यस घटनाबाट प्रभावित महिलाहरूले अदालतमा आफ्नो पीडा, मानसिक तनाव र कार्यस्थलमा सुरक्षित महसुस गर्न नसकेको अनुभव सुनाएका छन् । चोले गोप्य भिडियो खिच्ने तथा अन्य सम्बन्धित कसुरमा दोषी स्वीकार गरिसकेका छन् । नोभेम्बर २६, बिहीबार मेलबर्नको अदालतमा सजायपूर्वको सुनुवाइ सकिएपछि उनलाई हिरासतमा पठाइएको हो । उनलाई सन् २०२७ फेब्रुअरी १२ मा सजाय सुनाउने तयारी गरिएको छ ।


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस् (Comments)

तपाईंले प्रतिक्रिया दिनको लागि लगइन गर्नुपर्नेछ।

लगइन गर्नुहोस्
कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्!
न्युज बिहानी

न्युज बिहानी सत्य, तथ्य र निष्पक्ष समाचारका साथ तपाईलाई सधैं अपडेट राख्ने प्रतिबद्ध छ।

सम्पर्क

Bhairavi Media Pvt. Ltd.
Putalisadak–31, Kathmandu
9851165011
दर्ता विवरण
सूचना विभाग दर्ता नं.: ६९३
प्रेस काउन्सिल दर्ता नं.: १००४

हाम्रो टिम

प्रधान सम्पादक गोकर्ण बराल
सम्पादक विजय हमाल
© 2017–2026 News Bihani. सर्वाधिकार सुरक्षित।
Ad ends in 15s
xtm
Advertisement Ad ends in 15s
Bisup