काठमाडौं, नेपाल – २७ नोभेम्बर, २०२६ – एमएडब्लू राइड्स प्रा. लि. अन्तर्गतको यामाहा नेपालले आज काठमाडौंको बबरमहलस्थित नेपाल आर्ट काउन्सिलमा यामाहा फ्यासिनो १२५ एफआई हाइब्रिड सार्वजनिक गरेको छ। यस अवसरमा आर्ट ग्यालरीलाई आकर्षक प्रदर्शनीस्थलका रूपमा सजाइएको थियो, जहाँ स्कुटरलाई व्यक्तित्व, सिर्जनशीलता र रुचिको अभिव्यक्तिका रूपमा प्रस्तुत गरिएको थियो।
कार्यक्रमका सहभागीहरूले फरक–फरक व्यक्तित्व झल्काउने गरी सजाइएका फ्यासिनो हाइब्रिडका ६ वटा स्कुटरको प्रदर्शनी अवलोकन गरेका थिए। प्रत्येक स्कुटरको सजावटदेखि त्यस वरपरको वातावरणसम्ममा छुट्टै भाव र शैली प्रस्तुत गरिएको थियो। आगन्तुकहरूले एकपछि अर्को प्रदर्शनी अवलोकन गर्दै स्कुटरका विशेषताबारे जानकारी लिएका थिए र आफूसँग ज्यादा मेल खाने व्यक्तित्व पहिचान गर्ने प्रयास गरेका थिए।
कार्यक्रममा काठमाडौंमा सक्रिय डिजिटल कन्टेन्ट क्रियटरहरू पनि सहभागी भएका थिए। उनीहरूले शैली, व्यक्तित्व र निजि अभिव्यक्तिका बारेमा आफ्ना विचार व्यक्त गर्दै अतिथिहरूसँग समय बिताएका थिए। सहभागीहरूले स्कुटरमा बसेर यसको नजिकबाट अनुभव लिएका थिए।
फ्यासिनो हाइब्रिडमा १२५ सीसीको फ्युल इन्जेक्सनयुक्त इन्जिनसँगै यामाहाको स्मार्ट मोटर जेनेरेटर जडान गरिएको छ। यो इलेक्ट्रिक मोटरले इन्जिनलाई आवाज नगरी स्टार्ट गर्न मद्दत गर्छ र स्कुटर रोकिएको अवस्थाबाट अघि बढ्दा थप शक्ति पनि प्रदान गर्छ। यसले इन्धन खपत कम गर्न र माइलेज बढाउन मद्दत गर्छ। साथै, केवल ९८ किलोग्राम तौल भएको यसको हलुका बनावट, आरामदायी सिट र साइड स्ट्यान्डमा इन्जिन बन्द हुने स्विचले दैनिक प्रयोगलाई सहज र सुरक्षित बनाउँछन्।
यामाहा फ्यासिनो हाइब्रिडको विशेषता भनेको यसले चालकलाई आकर्षक डिजाइन र आधुनिक सुविधामध्ये कुनै एक मात्र रोज्न बाध्य बनाउँदैन। बरु, यसले चालकको व्यक्तित्वलाई अझ निखार्ने काम गर्छ। आकर्षक डिजाइन र हाइब्रिड प्रविधिको संयोजनले फ्यासिनो हाइब्रिडलाई कलात्मक र सहज रूपमा चलाउन सकिने स्कुटर बनाएको छ।
स्कुटर सार्वजनिक कार्यक्रममा बोल्दै एमएडब्लू राइड्सका अध्यक्ष विष्णु कुमार अग्रवालले भने, “हरेक चालकको आफ्नै व्यक्तित्व र मौलिक शैली हुन्छ। यामाहा फ्यासिनो हाइब्रिड आफ्नो छुट्टै पहिचान बनाउन चाहने र आफ्नो सवारीमार्फत मौलिकता झल्काउन चाहने सबैका लागि तयार गरिएको हो। हामी चाहन्थ्यौँ, उहाँहरू यहाँ आएर आफू सुहाउँदो व्यक्तित्व पहिचान गरेर स्कुटरलाई केवल एउटा उत्पादनका रूपमा नभई आफ्नो व्यक्तित्वको हिस्साका रूपमा पनि हेर्न सक्नुहोस्।”
आर्ट ग्यालरीको रमाइलो साँझमा डिजाइन, संस्कृति र दैनिक आवागमनको साधन एकसाथ जोडिन आएका थिए। यस कार्यक्रमले यामाहा फ्यासिनो हाइब्रिडलाई आफ्नै ढङ्गले पृथक देखिन रुचाउने व्यक्तिहरूका लागि उपयुक्त स्कुटरका रूपमा प्रस्तुत गरेको थियो।
फ्यासिनो १२५ एफआई हाइब्रिड अब नेपालभरका यामाहा शोरुम तथा डिलरहरूमा उपलब्ध छ। फ्यासिनो ड्रमको मूल्य २,९९,९०० रुपैयाँ, फ्यासिनो डिस्कको मूल्य ३,२९,९०० रुपैयाँ र फ्यासिनो एसको मूल्य ३,५९,९०० रुपैयाँ तोकिएको छ। ग्राहकहरूले नजिकैको यामाहा शोरुममा गएर स्कुटर अवलोकन गर्न र थप जानकारी लिन सक्नेछन्।
प्रतिक्रिया दिनुहोस् (Comments)
तपाईंले प्रतिक्रिया दिनको लागि लगइन गर्नुपर्नेछ।
लगइन गर्नुहोस्