लोड हुँदै...
लोड हुँदै...
cg
गृहपृष्ठ
पात्रो
सम्पर्क
मिति
युनिकोड

फिनोभेटिभ ग्रुपको प्रथम साधारण सभा सम्पन्न, ३ वषर्मा पुँजी ३० करोड पुर्याउने लक्ष्य

कर्पोरेट

फिनोभेटिभ ग्रुपको प्रथम साधारण सभा सम्पन्न, ३ वषर्मा पुँजी ३० करोड पुर्याउने लक्ष्य

न्युज बिहानी
न्युज बिहानी
Shares
फिनोभेटिभ ग्रुपको प्रथम साधारण सभा सम्पन्न, ३ वषर्मा पुँजी ३० करोड पुर्याउने लक्ष्य

काठमाडौँ — ललितपुरको ग्वार्कोमा मुख्य कार्यालय रही युवा सि.ए.हरु तथा विभिन्न क्षेत्रमा आबद्ध दक्ष जनशक्तिद्वारा सञ्चालित फिनोभेटिभ ग्रुप प्रा. लि. को प्रथम बार्षिक  साधारण सभा सम्पन्न भएको छ । सभामा कम्पनीका अध्यक्ष सन्तमान महर्जनले संस्थागत सुशासन, जिम्मेवार लगानी र दीर्घकालीन मूल्य सिर्जनालाई प्राथमिकतामा राखेर अघि बढ्न कम्पनीमा संचालक समितिका साथ–साथै व्यवस्थापन समिति तथा लगानी समिति रहेको बताउनुभयो ।  

सभाले आगामी ३ वषर्भित्र कम्पनीको पुँजी विस्तार गरी रु. ३० करोड पु¥याउने वित्तीय प्रक्षेपण पारित गरेको छ । हाल कम्पनीको जारी पुँजी १० करोड र चुक्ता पुँजी ४ करोड १६ लाख रुपैयाँ रहेको छ । कार्यक्रममा कम्पनीका संचालक जनक तिवारीले वित्तीय अवस्था, प्रगति विवरण तथा भावी कार्ययोजना सम्बन्धी प्रतिवेदन प्रस्तुत गर्नुभयो ।

यसैगरी, कार्त्तिक १ गतेदेखि लागू हुने गरी प्रतिशेयर ५ रुपैयाँ प्रिमियम थप गरी १०५ रुपैयाँका दरले थप लगानी गर्न पाउने तथा Qualified Institutional Investor को अनुमतिपत्र लिने प्रस्तावहरु पारित भएको छ । कम्पनीले पुँजी बजार, सेवामूलक तथा उत्पादनमूलक क्षेत्रमा जोखिम र प्रतिफलको मूल्याङ्कन गरी पोर्टफोलियो विविधीकरण गर्ने रणनीति लिएको छ । कार्यक्रमका प्रमुख अतिथि ओम मेगाश्री फार्मास्युटिकल्स लिमिटेडका अध्यक्ष अर्जुनकुमार श्रेष्ठले फिनोभेटिभ ग्रुपले छोटो अवधिमै व्यवस्थित र पारदर्शी ढंगले आफ्नो आधार निर्माण गर्न सफल भएको बताउनुभयो ।

 


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस् (Comments)

तपाईंले प्रतिक्रिया दिनको लागि लगइन गर्नुपर्नेछ।

लगइन गर्नुहोस्
कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्!
न्युज बिहानी

न्युज बिहानी सत्य, तथ्य र निष्पक्ष समाचारका साथ तपाईलाई सधैं अपडेट राख्ने प्रतिबद्ध छ।

सम्पर्क

Bhairavi Media Pvt. Ltd.
Putalisadak–31, Kathmandu
9851165011
दर्ता विवरण
सूचना विभाग दर्ता नं.: ६९३
प्रेस काउन्सिल दर्ता नं.: १००४

हाम्रो टिम

प्रधान सम्पादक गोकर्ण बराल
सम्पादक विजय हमाल
© 2017–2026 News Bihani. सर्वाधिकार सुरक्षित।
Advertisement Ad ends in 15s
Bisup