लोड हुँदै...
लोड हुँदै...
cg
गृहपृष्ठ
पात्रो
सम्पर्क
मिति
युनिकोड

एसियाली खेलकुदमा काताबाट पदकको सम्भावना बलियो बनाउँदै नेपाल

खेलकुद

एसियाली खेलकुदमा काताबाट पदकको सम्भावना बलियो बनाउँदै नेपाल

न्युज बिहानी
न्युज बिहानी
Shares
एसियाली खेलकुदमा काताबाट पदकको सम्भावना बलियो बनाउँदै नेपाल

काठमाडौँ, ३० साउनः आगामी २०औँ एसियाली खेलकुदमा करातेको काता विधाबाट पनि नेपालले पदकको आशा गरेको छ । जापानको आइची–नागोयामा आगामी असोज ३ गतेदेखि हुने एसियाली खेलकुदमा नेपालले महिला एकल र महिला टिम कातामा प्रतिस्पर्धा गर्दैछ ।

नेपाल कराते महासङ्घका अनुसार महिला एकल कातामा सानुमाया थिङ तथा टिम कातामा सानुमायासँगै मेघा लिम्बू र एलिसा रास्कोटी मगरले प्रतिस्पर्धा गर्नेछन् । काता प्रशिक्षक मण्डेकाजी श्रेष्ठको प्रशिक्षणमा टोलीले तयारी गरिरहेको छ । नेपालले पहिलोपटक महिला टिम कातामा एसियाली खेलकुदमा प्रतिस्पर्धा गर्न लागेको हो । 

राष्ट्रिय खेलकुद परिषद्का अनुसार ‘मिसन २०२६’ अन्तर्गत एसियाली खेलकुदलाई लक्षित गरी लामो समयदेखि बन्द प्रशिक्षण सञ्चालन हुँदै आएको छ । परिषद् र नेपाल ओलम्पिक कमिटीले एसियाली खेलकुदका लागि नेपाली टोलीको अन्तिम तयारी र व्यवस्थापनमा सहकार्य गरिरहेका छन् ।


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस् (Comments)

तपाईंले प्रतिक्रिया दिनको लागि लगइन गर्नुपर्नेछ।

लगइन गर्नुहोस्
कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्!
न्युज बिहानी

न्युज बिहानी सत्य, तथ्य र निष्पक्ष समाचारका साथ तपाईलाई सधैं अपडेट राख्ने प्रतिबद्ध छ।

सम्पर्क

Bhairavi Media Pvt. Ltd.
Putalisadak–31, Kathmandu
9851165011
दर्ता विवरण
सूचना विभाग दर्ता नं.: ६९३
प्रेस काउन्सिल दर्ता नं.: १००४

हाम्रो टिम

प्रधान सम्पादक गोकर्ण बराल
सम्पादक विजय हमाल
© 2017–2026 News Bihani. सर्वाधिकार सुरक्षित।