लोड हुँदै...
लोड हुँदै...
cg
गृहपृष्ठ
पात्रो
सम्पर्क
मिति
युनिकोड

काठमाडौं म्यारियट प्रस्तुत गर्दछ ‘द एसेन्स अफ जापान’: एडामामेमा जापानका विभिन्न क्षेत्रका परिकारहरूको यात्रा

कर्पोरेट

काठमाडौं म्यारियट प्रस्तुत गर्दछ ‘द एसेन्स अफ जापान’: एडामामेमा जापानका विभिन्न क्षेत्रका परिकारहरूको यात्रा

तपाईं पनि काठमाडौं म्यारियट होटलमा अवस्थित एडामामेमा आएर यहि ५ देखि १८ अक्टोबर २०२६ सम्म ‘द एसेन्स अफ जापान’ को अनुभव लिन सक्नु हुनेछ।

न्युज बिहानी
न्युज बिहानी
Shares
काठमाडौं म्यारियट प्रस्तुत गर्दछ ‘द एसेन्स अफ जापान’: एडामामेमा जापानका विभिन्न क्षेत्रका परिकारहरूको यात्रा

काठमाडौं, नेपाल - ५ अक्टोबर २०२६ - काठमाडौं म्यारियट होटलको विशेष एसियन रेस्टुरेन्ट एडामामेले खानाका पारखी तथा जापानी संस्कृति मन पराउनेहरूका लागि ‘द एसेन्स अफ जापान’ नामक विशेष फुड फेस्टिभल आयोजना गरेको छ। अथेन्टिक जापानी खानाको समृद्ध परम्परा, मौलिक स्वाद र त्यससँग जोडिएका कथाहरू प्रस्तुत गर्ने यो विशेष फुड फेस्टिभल ५ देखि १८ अक्टोबर २०२६ सम्म सञ्चालन हुनेछ।

‘खानासँगै जापानको यात्रा गरौँ’ भन्ने मुख्य अवधारणासहित फेस्टिभल सुरु गरिएको एडामामेमा जापानी संस्कृति तथा परिकारको अनुभव यात्रा जस्तै गरी लिन सकिने व्यवस्था गरिएको छ। पाहुनाहरूले उत्तरमा रहेको होक्काइडोदेखि दक्षिणको क्युसुसम्मको नक्सा यात्राका दौरान विभिन्न क्षेत्रका मौलिक स्वादहरूको अनुभव गर्न सक्नेछन्। यस क्रममा टोकियो, योकोहामा, नागोया, क्योटो, ओसाका, कागावा, हिरोसिमा, हाकाता, फुकुओका, ओइता र नागासाकीलगायत चर्चित ठाउँहरूका स्थानीय परिकारको मज्जा लिन सकिनेछ।

परम्परागत भोजनमा मात्र सीमित नरहेर ‘द एसेन्स अफ जापान’ ले खानालाई जापानको जीवन्त संस्कृतिसँग जोड्दै कथात्मक अनुभव पनि प्रदान गर्नेछ। यसअन्तर्गत पाहुनाहरूले आफ्नै रोजाइअनुसार तयार गर्न सकिने ह्यान्ड-रोल सुसी स्टेसन, जापानबाट आयात गरिएको प्रिमियम साकेसँग सर्भ गरिने ताजा सासिमी, विशेष रूपमा तयार गरिएका हाईबल्स तथा परम्परागत माचा डेजर्टको स्वाद लिन सक्नेछन्।

तीन वर्षदेखि काठमाडौंलाई आफ्नो दोस्रो घर बनाउँदै आएका सेफ क्योहेईले एडामामेमा अथेन्टिक जापानी खानाको अनुभव प्रस्तुत गर्दै आएका छन्। उनले जापानबाटै ल्याइएका सामग्रीलाई त्यहाँका विभिन्न क्षेत्रको भौगोलिक तथा सांस्कृतिक विशेषतासँग जोडेर परिकार तयार गरेका छन्। सेफ क्योहेईका लागि भोजन केवल खानाका रूपमा लिइने सामान्य विषय नभई स्वाद लिएर अनुभव गर्नुपर्ने जीवन्त सांस्कृतिक उत्सव हो।

यही परम्परालाई सम्मान गर्दै एडामामेमा सेफ क्योहेईका हजुरबुबाबाट विरासतका रूपमा प्राप्त सामग्रीहरूका साथै उनको व्यक्तिगत बिरुवाको संग्रह पनि राखिएको छ। यसले एडामामेलाई न्यानो र घरजस्तै आत्मीय स्थलका रूपमा प्रस्तुत गर्दै जापानी संस्कृति र परम्पराको वास्तविक अनुभूति दिलाउनेछ।तपाईं पनि काठमाडौं म्यारियट होटलमा अवस्थित एडामामेमा आएर यहि ५ देखि १८ अक्टोबर २०२६ सम्म ‘द एसेन्स अफ जापान’ को अनुभव लिन सक्नु हुनेछ।


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस् (Comments)

तपाईंले प्रतिक्रिया दिनको लागि लगइन गर्नुपर्नेछ।

लगइन गर्नुहोस्
कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्!
न्युज बिहानी

न्युज बिहानी सत्य, तथ्य र निष्पक्ष समाचारका साथ तपाईलाई सधैं अपडेट राख्ने प्रतिबद्ध छ।

सम्पर्क

Bhairavi Media Pvt. Ltd.
Putalisadak–31, Kathmandu
9851165011
दर्ता विवरण
सूचना विभाग दर्ता नं.: ६९३
प्रेस काउन्सिल दर्ता नं.: १००४

हाम्रो टिम

प्रधान सम्पादक गोकर्ण बराल
सम्पादक विजय हमाल
© 2017–2026 News Bihani. सर्वाधिकार सुरक्षित।
Advertisement Ad ends in 15s
Bisup