लोड हुँदै...
लोड हुँदै...
cg
गृहपृष्ठ
पात्रो
सम्पर्क
मिति
युनिकोड

पानस हर्बलको ब्रान्ड एम्बेसडर बने पत्रकार अपिल त्रिपाठी, कमाइको ५% शिक्षामा दिने सीईओ कार्कीको घोषणा

कर्पोरेट

पानस हर्बलको ब्रान्ड एम्बेसडर बने पत्रकार अपिल त्रिपाठी, कमाइको ५% शिक्षामा दिने सीईओ कार्कीको घोषणा

न्युज बिहानी
न्युज बिहानी
Shares
पानस हर्बलको ब्रान्ड एम्बेसडर बने पत्रकार अपिल त्रिपाठी, कमाइको ५% शिक्षामा दिने सीईओ कार्कीको घोषणा

काठमाडौं । पानस हर्बल उद्योग प्रालिले नयाँ ‘जैतुन मिश्रित आयुर्वेदिक मालिस तेल’ सार्वजनिक गरेको छ। काठमाडौंस्थित साम्बाला होटलमा आयोजित विशेष उत्पादन सार्वजनिक कार्यक्रममा चर्चित पत्रकार अपिल त्रिपाठीलाई कम्पनीको ब्रान्ड एम्बेसडरसमेत घोषणा गरिएको छ।

कार्यक्रममा त्रिपाठीले कम्पनीसँगको सम्झौतापत्रमा हस्ताक्षर गर्दै पानस हर्बलको उत्पादनको प्रवर्धनमा आफूले कुनै कसर बाँकी नराख्ने बताएका छन्। उनले पछिल्लो समय वैज्ञानिक युग भए पनि मानिसहरू विस्तारै प्रकृतितर्फ आकर्षित हुँदै गएको र आयुर्वेदप्रतिको विश्वास पनि बढ्दै गएको धारणा व्यक्त गरे।

प्राकृतिक तेल तथा जडीबुटीजन्य सामग्रीहरूको मिश्रणबाट तयार गरिएको ‘जैतुन मिश्रित आयुर्वेदिक मालिस तेल’ विभिन्न प्रकारका शारीरिक दुखाइ, मांसपेशी दुख्ने तथा तन्किने समस्या र जोर्नीसम्बन्धी असहजतामा मालिसका लागि प्रयोग गर्न सकिने कम्पनीले जनाएको छ।

यस तेलमा जाइफल, लसुन, तुलसी, ल्वाङ, एलोभेरा, अजवाइन, युकालिप्टस, पेपरमिन्ट, भीमसेनी कपूर तथा जैतुन लगायतका प्राकृतिक सामग्रीहरू समावेश गरिएको छ। जोर्नी, ढाड, कम्मर, काँध तथा मांसपेशीमा हुने दुखाइ र तन्किने समस्यामा मालिसका लागि प्रयोग गर्न सकिने तथा मालिस गर्दा शरीरमा आराम र ताजगीको अनुभूति हुने कम्पनीको भनाइ छ।

कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत धनबहादुर कार्कीले आफूले कमाएको रकमको ५ प्रतिशत शिक्षा क्षेत्रमा सहयोग गर्ने घोषणा गरेका छन्। उनले व्यवसायसँगै सामाजिक उत्तरदायित्वलाई पनि प्राथमिकतामा राखेर शिक्षा क्षेत्रमा योगदान गर्ने प्रतिबद्धता व्यक्त गरे।

पानस हर्बल उद्योगले प्राकृतिक स्रोत तथा जडीबुटीमा आधारित उत्पादनमार्फत उपभोक्तालाई आयुर्वेदिक जीवनशैलीसँग जोड्ने उद्देश्य राखेको जनाएको छ। नयाँ उत्पादनसँगै कम्पनीले आफ्ना आयुर्वेदिक उत्पादनलाई थप विस्तार गर्ने तयारीसमेत गरिरहेको कम्पनीका प्रमुख कार्यकारी अधिकृत धनबहादुर कार्कीले जानकारी दिए ।


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस् (Comments)

तपाईंले प्रतिक्रिया दिनको लागि लगइन गर्नुपर्नेछ।

लगइन गर्नुहोस्
कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्!
न्युज बिहानी

न्युज बिहानी सत्य, तथ्य र निष्पक्ष समाचारका साथ तपाईलाई सधैं अपडेट राख्ने प्रतिबद्ध छ।

सम्पर्क

Bhairavi Media Pvt. Ltd.
Putalisadak–31, Kathmandu
9851165011
दर्ता विवरण
सूचना विभाग दर्ता नं.: ६९३
प्रेस काउन्सिल दर्ता नं.: १००४

हाम्रो टिम

प्रधान सम्पादक गोकर्ण बराल
सम्पादक विजय हमाल
© 2017–2026 News Bihani. सर्वाधिकार सुरक्षित।
Advertisement Ad ends in 15s
Bisup