लोड हुँदै...
लोड हुँदै...
cg
गृहपृष्ठ
पात्रो
सम्पर्क
मिति
युनिकोड

भोटेकोशी बाढी : जुम्लाका ६३ जना अझै सम्पर्कविहीन

समाचार

भोटेकोशी बाढी : जुम्लाका ६३ जना अझै सम्पर्कविहीन

न्युज बिहानी
न्युज बिहानी
Shares
भोटेकोशी बाढी : जुम्लाका ६३ जना अझै सम्पर्कविहीन

जुम्ला, १ असोजः भोटेकोशीमा बाढीमा परेर यहाँका ६३ जना अझै सम्पर्कविहीन रहेका छन् । प्रमुख जिल्ला अधिकारी तेजप्रकाश प्रसाईंका अनुसार ९३ जना सम्पर्कविहीन भएकामा हालसम्म ३० जना सम्पर्कमा आएका छन् । वाँकी ६३ जना अझै सम्पर्कविहीन रहेको उहाँले जानकारी दिनुभयो ।

पातारासी गाउँपालिका मात्रै ४९ जना सम्पर्कविहीन भएका छन् । उनीहरु रसुवाको हाँकुबेँसीबाट बेपत्ता भएको स्थानीय भक्त बुढाले जानकारी दिनुभयो । गाउँपालिकाले बेपत्ता नागरिकका परिवारलाई  पहिलो चरणमा राहत उपलब्ध गराएको छ । प्रतिपरिवार रु ४१ हजारका दरले राहत उपलब्ध गराइएको गाउँपालिका अध्यक्ष पूर्णसिंह बोहोराले जानकारी दिनुभयो ।

पालिकाको कार्यविधिअनुसार तत्काल रु ३० हजार र सहयोगीले दिएको रु ११ हजार थप गरी सहयोग उपलब्ध गराइएको छ । यस्तै, खाद्यान्न उपलब्ध गराइएको गाउँपालिका उपाध्यक्ष जनमाया रोकायाको भनाइ छ । स्थानीय जङ्गवीर बोहोराको अगुवाइमा सङ्कलित रु पाँच लाख ७७ हजार र पालिकाको रु १४ लाख ७७ गरी रु २० लाख ४७ हजार राहत उपलब्ध भएको  गाउँपालिकाले जनाएको छ ।


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस् (Comments)

तपाईंले प्रतिक्रिया दिनको लागि लगइन गर्नुपर्नेछ।

लगइन गर्नुहोस्
कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्!
न्युज बिहानी

न्युज बिहानी सत्य, तथ्य र निष्पक्ष समाचारका साथ तपाईलाई सधैं अपडेट राख्ने प्रतिबद्ध छ।

सम्पर्क

Bhairavi Media Pvt. Ltd.
Putalisadak–31, Kathmandu
9851165011
दर्ता विवरण
सूचना विभाग दर्ता नं.: ६९३
प्रेस काउन्सिल दर्ता नं.: १००४

हाम्रो टिम

प्रधान सम्पादक गोकर्ण बराल
सम्पादक विजय हमाल
© 2017–2026 News Bihani. सर्वाधिकार सुरक्षित।
Advertisement Ad ends in 15s
Bisup