लोड हुँदै...
लोड हुँदै...
cg
गृहपृष्ठ
पात्रो
सम्पर्क
मिति
युनिकोड

आर्या फार्माल्याबको सामाजिक उत्तरदायित्व अर्न्तगत निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

कर्पोरेट

आर्या फार्माल्याबको सामाजिक उत्तरदायित्व अर्न्तगत निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

न्युज बिहानी
न्युज बिहानी
Shares
आर्या फार्माल्याबको सामाजिक उत्तरदायित्व अर्न्तगत निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

काठमाडौं । बाढी तथा विपद् प्रभावित नागरिकलाई समुदायमै स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले आर्या फार्माल्याब र चितवन मेडिकल कलेजको सहकार्यमा नुवाकोटमा सञ्चालित सामुदायिक स्वास्थ्य शिविर सफलतापूर्वक सम्पन्न भएको छ ।

भदौ ३१ गतेदेखी असोज ५ गतेसंम्म नुवाकोटका विभिन्न क्षेत्रमा संन्चालीत स्वास्थ्य शिविरमा कुल ६७५ जना बिरामीले स्वास्थ्य सेवा लिएका थिय । शिविरमा विशेषज्ञ चिकित्सकमार्फत स्वास्थ्य परीक्षण तथा चिकित्सकीय परामर्श प्रदान गर्नुका साथै १२० जनाको अल्ट्रासाउन्ड (ग्क्न्) परीक्षण गरिएको थियो ।

शिविरमार्फत स्थानीय तथा प्रभावित समुदायका नागरिकलाई आवश्यक स्वास्थ्य परामर्श, परीक्षण तथा उपचारसम्बन्धी सेवा उपलब्ध गराइएको थियो । थप उपचार आवश्यक पर्ने बिरामीलाई सम्बन्धित स्वास्थ्य संस्थामा रेफर गर्ने व्यवस्था समेत गरिएको थियो ।

आर्या फार्माल्याबले विपद्को कठिन समयमा प्रभावित नागरिकको स्वास्थ्य तथा पुनःस्थापनामा सहयोग पु¥याउने आफ्नो सामाजिक उत्तरदायित्वलाई निरन्तरता दिँदै आगामी दिनमा पनि आवश्यक सहयोग तथा स्वास्थ्य सेवाका कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ ।

यसअघि आर्या फार्माल्याबले विपद् प्रभावितका लागि रु ८२ लाख भन्दा वढी औषधिजन्य सामग्री सहयोग स्वरुप नेपाल सरकारलाई हस्तान्तरण गरेको थियो ।

 


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस् (Comments)

तपाईंले प्रतिक्रिया दिनको लागि लगइन गर्नुपर्नेछ।

लगइन गर्नुहोस्
कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्!
न्युज बिहानी

न्युज बिहानी सत्य, तथ्य र निष्पक्ष समाचारका साथ तपाईलाई सधैं अपडेट राख्ने प्रतिबद्ध छ।

सम्पर्क

Bhairavi Media Pvt. Ltd.
Putalisadak–31, Kathmandu
9851165011
दर्ता विवरण
सूचना विभाग दर्ता नं.: ६९३
प्रेस काउन्सिल दर्ता नं.: १००४

हाम्रो टिम

प्रधान सम्पादक गोकर्ण बराल
सम्पादक विजय हमाल
© 2017–2026 News Bihani. सर्वाधिकार सुरक्षित।
Advertisement Ad ends in 15s
Bisup