काठमाडौँ, २३ कात्तिकः स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । आज प्रतितोला सुन रु एक हजार ३०० र चाँदीको मूल्य प्रतितोला रु ४५ ले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला रु दुई लाख ८४ हजार ३०० र त्यति नै परिमाणको सेतो धातुको मूल्य रु तीन हजार ८५५ कायम भएको छ । आइतबार छापावाल सुन प्रतितोला रु दुई लाख ८३ हजार र त्यति नै परिमाणको सेतो धातुको मूल्य रु तीन हजार ८१० कायम भएको थियो ।
सुनचाँदीको मूल्य बढ्यो
प्रतिक्रिया दिनुहोस् (Comments)
तपाईंले प्रतिक्रिया दिनको लागि लगइन गर्नुपर्नेछ।
लगइन गर्नुहोस्