लोड हुँदै...
लोड हुँदै...
गृहपृष्ठ
पात्रो
सम्पर्क
मिति
युनिकोड

कार्तिक कृष्ण चतुर्दशी : नरक चतुर्दशी स्नान र दीपदान गरियो

कला सस्कृति

कार्तिक कृष्ण चतुर्दशी : नरक चतुर्दशी स्नान र दीपदान गरियो

आज बेलुकीपछि भने औँसी तिथि लाग्ने भएकाले धनधान्यकी देवी लक्ष्मीको पूजा आराधना पनि साँझ गरिँदै छ ।

न्युज बिहानी
न्युज बिहानी
Shares
कार्तिक कृष्ण चतुर्दशी : नरक चतुर्दशी स्नान र दीपदान गरियो

काठमाडौँ, २२ कात्तिक: अरुणोदयकाल अघिको समयमा नदी, तलाउ, कुवा, पोखरी वा धारामा गई स्नान गरी आज बिहान नरक चतुर्दशी पर्व मनाइएको छ । प्रत्येक वर्ष कार्तिक कृष्ण चतुर्दशीको बिहान नदी, तलाउ, कुवा, पोखरी वा धारामा गई स्नान गरेर यो पर्व मनाइन्छ । स्नानपछि सालको पातमा यमदीप दक्षिण दिशामा फर्काई बालेर बगाउने कार्य पनि आज वैदिक सनातन हिन्दू धर्मावलम्बीले नेपालीले गरेका छन् । 

यसलाई नरक स्नान गर्ने र नरक बगाउने भनिन्छ । बोलीचालीको भाषामा नरके नुहाएर बगाउने नामलेसमेत यो पर्व चिनिने धर्मशास्त्रविद् प्रा तोयराज नेपालले जानकारी दिनुभयो । आज यसरी नरके बगाएमा नरकको दर्शन गर्नु नपर्ने शास्त्रीय मान्यता रहेको उहाँले बताउनुभयो । यसैकारण आजको दिनलाई नरक चतुर्दशी पनि भनिन्छ । आजै कुकुरको पूजा गरी मीठा कुरा खान दिइँदै छ । आज बेलुकीपछि भने औँसी तिथि लाग्ने भएकाले धनधान्यकी देवी लक्ष्मीको पूजा आराधना पनि साँझ गरिँदै छ ।
  
कुकुर तिहार र नरक चतुर्दशी यमपञ्चक अर्थात् तिहारको दोस्रो दिन पर्ने भए पनि यस वर्ष तिथिको घटबढका कारण नरक चतुर्दशी कुकुर तिहार तेस्रो दिन परेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अध्यक्ष सहप्रा डा पुरुषोत्तम भट्टराईले बताउनुभयो । बिहान अरुणोदयकालअघि चतुर्दशी तिथि परेका दिन नरक स्नान गरी बत्ती बालेर बगाउनुपर्ने भएकाले आज बिहान यो पर्व मनाउने निर्णय गरिएको उहाँले जानकारी दिनुभयो ।

यस वर्ष कात्तिक २० गते शुक्रबारदेखि यमपञ्चक अर्थात् तिहार सुरु भएको हो । दोस्रो दिन शनिबार काग तिहार र धनवन्तरी जयन्ती पर्व मनाइएको थियो । यसलाई उज्यालोको चाड पनि भनिन्छ । यमपञ्चक लागेसँगै सहर, बजार झिलीमिली बनेको छ । दीपमालिकामा मानिस रमाएका छन् ।


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस् (Comments)

तपाईंले प्रतिक्रिया दिनको लागि लगइन गर्नुपर्नेछ।

लगइन गर्नुहोस्
कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्!
न्युज बिहानी

न्युज बिहानी सत्य, तथ्य र निष्पक्ष समाचारका साथ तपाईलाई सधैं अपडेट राख्ने प्रतिबद्ध छ।

सम्पर्क

Bhairavi Media Pvt. Ltd.
Putalisadak–31, Kathmandu
9851165011
दर्ता विवरण
सूचना विभाग दर्ता नं.: ६९३
प्रेस काउन्सिल दर्ता नं.: १००४

हाम्रो टिम

प्रधान सम्पादक गोकर्ण बराल
सम्पादक विजय हमाल
© 2017–2026 News Bihani. सर्वाधिकार सुरक्षित।
Advertisement Ad ends in 15s
Bisup