काठमाडौँ । दराजको यस वषर्को सबैभन्दा ठूलो किनमेल उत्सव ‘दराज ११.११’ मा सुरुवाती दिनहरूदेखि नै ग्राहकहरूको उत्साहजनक सहभागिता र उल्लेखनीय प्रतिक्रिया प्राप्त भएपछि दराज नेपालले अभियानको अवधि बढाएर नोभेम्बर १९, २०२६ (मंसिर ३, २०८३) सम्म पु¥याएको छ। यस विस्तारसँगै ग्राहकहरूले चाडपर्वको अवसरमा ८० प्रतिशतसम्मको छुट, २ करोड रुपैयाँभन्दा बढीका भौचर तथा छनोट गरिएका सामग्रीमा निःशुल्क घरदैलोमा सामान पु¥याउने सुविधासहितका आकषर्क अवसरहरूको थप लाभ लिन सक्नेछन्।
अभियानका सुरुवाती दिनहरूमा विभिन्न सामग्री तथा वस्तुहरूमा ग्राहकहरूको उल्लेखनीय चासो र सहभागिता देखिएपछि अभियानको अवधि विस्तार गर्ने निणर्य गरिएको हो। यस विस्तारमार्फत दराजले कुनै पनि ग्राहकलाई उपलब्ध आकषर्क छुट तथा विशेष सुविधाको अवसरबाट वञ्चित हुन नदिने उद्देश्य राखेको छ।
यस वषर्को ११.११ सेल तिहार तथा छठ पर्वसँगै परेको छ, जसले चाडपर्वको तयारीमा रहेका उपभोक्ताका लागि यसलाई अझ विशेष बनाएको छ। यसअघि १०.१० अभियान दसैँको अवसरमा सञ्चालन गरिएको थियो। यसरी दराजले नेपालका प्रमुख चाडपर्वको अवसरमा उपभोक्ताका लागि निरन्तर किनमेलका आकषर्क अवसरहरू उपलब्ध गराउँदै आएको छ।
११.११ का सुरुवाती दिनमा किनमेलको प्रवृत्ति ः ग्राहकहरूले के किन्दैछन् ?
दराज ११.११ का सुरुवाती दिनहरूमा ग्राहकहरूको किनमेल प्राथमिकतामा विभिन्न रोचक प्रवृत्ति देखिएका छन्। विद्युतीय सामग्री, फेसन, चाडपर्वका आवश्यक सामग्री तथा दैनिक जीवनशैलीसँग सम्बन्धित वस्तुहरूमा उल्लेखनीय माग देखिएको छ। ग्राहकहरूले बढी रुचाएका प्रमुख सामग्री तथा वस्तुका क्षेत्रहरू निम्न छन् ः
- बिद्युतीय सामग्री ः इयरबड, हेडफोन, स्मार्टफोन, स्मार्ट घडी तथा अन्य विद्युतीय सामग्रीका साथै भान्सामा प्रयोग हुने उपकरण र घरायसी विद्युतीय सामग्री।
-पहिरन तथा फेसन ः महिला तथा पुरुषका जाडोयामका पहिरन, पुरुषका जुत्ता, महिला तथा पुरुष दुवैका घडी, विशेषगरी प्रतिष्ठित ब्रान्डका घडी, साथै झोला तथा यात्राका सामान।
-दैनिक उपभोग्य वस्तु ः चाडपर्वका लागि आवश्यक सामग्री, खाद्यवस्तु तथा घरायसी उपभोगका सामग्री।
-जीवनशैली तथा विविध सामग्री ः हिँडेर व्यायाम गर्न प्रयोग हुने उपकरण, घरमै व्यायाम गर्न आवश्यक सामग्री, प्रोटिनजन्य उत्पादन, पुस्तक तथा लेखन सामग्रीका साथै भान्सा सफा गर्ने सामग्री, पुछ्ने कपडा, मार्बल स्टिकर, मन्त्र जप्ने गणक तथा फोहोर फाल्ने झोलाजस्ता दैनिक घरायसी सामग्री।
-घर तथा सजावट ः तिहारका लागि सजावटी बत्ती, रङ्गोली बनाउने उपकरण तथा रङहरू, फर्निचर, घर सजावटका सामग्री, भान्सामा प्रयोग हुने आवश्यक वस्तु तथा घरको सजावटका लागि आवश्यक अन्य सामग्री।
यी प्रवृत्तिले उपभोक्ताहरू ठूला खरिदका लागि मात्र नभई दैनिक आवश्यकताका सामग्री, व्यक्तिगत रुचिका वस्तु तथा चाडपर्वको तयारीका लागि समेत विद्युतीय किनमेलको माध्यम रोज्दै गएको देखाउँछन्।
विद्युतीय भुक्तानीको बढ्दो प्रयोग र देशव्यापी पहुँच
यस अभियानले नेपाली उपभोक्तामाझ विद्युतीय भुक्तानीको बढ्दो प्रयोगलाई समेत उजागर गरेको छ। दराजमा हुने कुल भुक्तानीमध्ये ६० प्रतिशतभन्दा बढी भुक्तानी अग्रिम भुक्तानी तथा क्यूआर भुक्तानीलगायतका विद्युतीय माध्यमबाट हुने गरेको छ। यसले नगदरहित कारोबारप्रति उपभोक्ताको बढ्दो विश्वास र आकषर्णलाई प्रतिबिम्बित गर्छ। बैंक तथा विद्युतीय भुक्तानी सेवा प्रदायकहरूसँगको सहकार्यमा उपलब्ध आकषर्क छुट, नगद फिर्ता तथा विशेष सुविधाले पनि ग्राहकहरूलाई विद्युतीय भुक्तानीतर्फ प्रोत्साहित गरेको छ।
त्यसैगरी, आफ्नो सेवा विस्तारलाई निरन्तरता दिँदै दराजले दराज एक्सप्रेसमार्फत देशभरका ५१६ सहरमा सेवा पु¥याउँदै आएको छ। यसले प्रमुख सहरी क्षेत्रभन्दा बाहिरका उपभोक्ताका लागि समेत अनलाइन किनमेललाई सहज र पहुँचयोग्य बनाएको छ। विविध सामग्रीको उपलब्धता, विक्रेताहरूको सञ्जाल, विद्युतीय भुक्तानीका लागि विभिन्न साझेदारसँगको सहकार्य तथा आफ्नै ढुवानी पूर्वाधारमार्फत दराजले नेपालको विद्युतीय व्यापार क्षेत्रको विकासमा योगदान पु¥याउँदै आएको छ।
साथै, यसले विभिन्न ब्रान्ड, स्थानीय उद्यमी तथा साना व्यवसायलाई देशभरका उपभोक्तासँग जोड्ने अवसरसमेत सिर्जना गरिरहेको छ। अब अभियान नोभेम्बर १९ (मंसिर ३, २०८३) सम्म विस्तार भएसँगै ग्राहकहरूले दराजको मोबाइल एप तथा वेबसाइटमार्फत विभिन्न सामग्रीमा उपलब्ध आकषर्क छुट, विशेष सुविधा तथा अन्य अफरहरूको लाभ लिन सक्नेछन्। यसले चाडपर्वको किनमेललाई थप सहज, सुविधाजनक र लाभदायक बनाउने अपेक्षा गरिएको छ।
दराज नेपालको ‘दराज ११.११ ः वषर्कै सबैभन्दा ठूलो किनमेल उत्सव’ सम्बन्धी थप जानकारीका लागि www.daraz.com.np मा जानुहोस्, दराज नेपालको फेसबुक पृष्ठ हेर्नुहोस् वा दराजको मोबाइल एप प्रयोग गर्नुहोस्।
प्रतिक्रिया दिनुहोस् (Comments)
तपाईंले प्रतिक्रिया दिनको लागि लगइन गर्नुपर्नेछ।
लगइन गर्नुहोस्