लोड हुँदै...
लोड हुँदै...
गृहपृष्ठ
पात्रो
सम्पर्क
मिति
युनिकोड

नेपाल बैंक लिमिटेड र फिन्तारा सोलुसन्स प्रा.लि. बिच सम्झौता

वित्त बजार

नेपाल बैंक लिमिटेड र फिन्तारा सोलुसन्स प्रा.लि. बिच सम्झौता

न्युज बिहानी
न्युज बिहानी
Shares
नेपाल बैंक लिमिटेड र फिन्तारा सोलुसन्स प्रा.लि. बिच सम्झौता
नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडले बैंक स्थापनाको ९० औं वाषर्िकोत्सवको अवसरमा  बिएनपिएल प्लेर्टफर्ममा आबद्द भई आफ्ना ग्राहकहरुलाई क्रेडिट कार्डबाट किस्ताबन्दिमा सामान खरिद गर्न सक्ने सुविधाको शुरुवात गरेको छ । नेपाल बैंक लि. र फिन्तारा सोलुसनस् प्रा.लि. बिच भएको सम्झौता अनुसार नेपाल बैंकको क्रेडिट कार्ड सुविधा प्रयोग गर्ने ग्राहकले “buy now pay later सुविधा प्रयोग गरी १८ महिनासम्मको किस्ताबन्दी सुविधामा सामान खरिद गर्न सक्नेछन् । 
यस सुविधा अन्तर्गत सामान खरिद गर्दा ग्राहकलाई कुनै ब्याज तथा सेवाशुल्क लाग्ने छैन ।  नेपाल बैंक लिमिटेड प्रधान कार्यालय काठमाण्डौमा मिति २०८३ कार्तिक १६ गते भएको कार्यक्रममा बैंकका तर्फबाट प्रमुख कर्जा अधिकृत श्री प्रदिप कुमार पाठक र फिन्तारा सोलुसन्सका कार्यकारी निर्देशक श्री आशिष कुमार शर्माले उक्त सम्झौतामा हस्ताक्षर गर्नु भएको थियो । 
नेपाल बैंक लिमिटेड यहि कातर्िक ३० गते ९० औं बषर्मा प्रवेश गर्दैछ । बैंकले छिटोछरितो र गुणस्तरीय ग्राहक सेवामा जोड दिई युवा जनशक्ति मार्फत् नेपालभर बैंकिङ सेवा प्रदान गरिरहेको छ । दक्ष व्यवस्थापन, युवा जनशक्ति र आधुनिक प्रविधिको समुचित प्रयोग भएसंगै आम नेपालीमा नेपालको पहिलो बैंक नेपाल बैंकप्रतिको आकषर्ण दिन प्रतिदिन बढ्दै गएको छ ।
                 
          

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस् (Comments)

तपाईंले प्रतिक्रिया दिनको लागि लगइन गर्नुपर्नेछ।

लगइन गर्नुहोस्
कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्!
न्युज बिहानी

न्युज बिहानी सत्य, तथ्य र निष्पक्ष समाचारका साथ तपाईलाई सधैं अपडेट राख्ने प्रतिबद्ध छ।

सम्पर्क

Bhairavi Media Pvt. Ltd.
Putalisadak–31, Kathmandu
9851165011
दर्ता विवरण
सूचना विभाग दर्ता नं.: ६९३
प्रेस काउन्सिल दर्ता नं.: १००४

हाम्रो टिम

प्रधान सम्पादक गोकर्ण बराल
सम्पादक विजय हमाल
© 2017–2026 News Bihani. सर्वाधिकार सुरक्षित।
Advertisement Ad ends in 15s
Bisup