काठमाडौँ, १५ कात्तिकः आज सुनचाँदीको मूल्य घटेको छ । सुन तोलामा रु आठ हजार ३०० र चाँदी रु १७५ ले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला छापावाल सुनको मोल रु दुई लाख ७२ हजार र त्यति नै परिमाणको सेतो धातुको मूल्य रु तीन हजार ६५० निर्धारण भएको छ । गत शुक्रबार छापावाल सुन प्रतितोला रु दुई लाख ८० हजार ३०० र चाँदी रु तीन हजार ८२५ मा कारोबार भएको थियो ।
सुनचाँदीको मूल्य घट्यो
प्रतिक्रिया दिनुहोस् (Comments)
तपाईंले प्रतिक्रिया दिनको लागि लगइन गर्नुपर्नेछ।
लगइन गर्नुहोस्