क्विक्स स्न्याक्स भ्वाइस किड्स नेपाल सिजन–५ का आठ फाइनलिस्टले शुक्रबार चौधरी ग्रुपका प्रबन्ध निर्देशक निर्वाण चौधरीसँग भेट गरेका छन् । चौधरी ग्रुपको सानेपास्थित कार्यालयमा भएको भेटमा चौधरीले बाल प्रतिभाहरूसँग अन्तरक्रिया गर्दै उनीहरूको आगामी यात्राका लागि शुभकामना व्यक्त गरे ।
सीजी फुड्सको लोकप्रिय ब्रान्ड क्विक्स स्न्याक्स मुख्य प्रायोजक रहेको गायन प्रतियोगिता भ्वाइस किड्स नेपाल सिजन–५ मा ६ देखि १४ वर्ष उमेर समूहका बालबालिकाले आफ्नो गायन प्रतिभा प्रस्तुत गर्दै आएका छन् । प्रतियोगिताको पाँचौँ संस्करणको अन्तिम चरणमा ४८ सहभागीलाई पछि पार्दै आठ प्रतिभा फिनालेमा पुगेका हुन् ।
अन्तिम प्रतिस्पर्धाबाट विजेता बन्ने प्रतिभालाई क्विक्स स्न्याक्स ले आफ्नो ब्रान्ड एम्बेसडर नियुक्त गर्ने सीजी फुड्सले जनाएको छ । प्रतियोगिताको अन्तिम प्रतिस्पर्धा अर्थात ग्राण्ड फिनाले यहि शनिबार आयोजना हुँदैछ । उक्त ग्राण्ड फिनालेको प्रत्यक्ष प्रसारण हिमालय टेलिभिजन मार्फत सनिबार राति ८ बजे बाट सुरु हुनेछ ।
भेटका क्रममा निर्वाण चौधरीले बाल प्रतिभाको विकासका लागि उचित अवसर र प्रोत्साहन आवश्यक रहेको बताए । उनले भने, “बालबालिकामा रहेको प्रतिभालाई पहिचान गरेर त्यसलाई अघि बढ्ने अवसर दिनु हाम्रो साझा जिम्मेवारी हो । सीजी फुड्स र क्विक्स स्न्याक्स युवा प्रतिभाको विकास र उनीहरूको सिर्जनात्मक यात्रामा सधैं सकारात्मक साथ दिन प्रतिबद्ध छन् ।”उनले प्रतिभावान बालबालिकालाई आफ्नो क्षमता प्रदर्शन गर्ने मञ्च उपलब्ध गराउने यस्ता कार्यक्रमले नेपाली संगीतको भविष्यलाई थप बलियो बनाउने समेत बताए ।
प्रतिक्रिया दिनुहोस् (Comments)
तपाईंले प्रतिक्रिया दिनको लागि लगइन गर्नुपर्नेछ।
लगइन गर्नुहोस्