लोड हुँदै...
लोड हुँदै...
गृहपृष्ठ
पात्रो
सम्पर्क
मिति
युनिकोड

खसीको मासु भन्दै बाख्रीको मासु बिक्री गर्ने आठ जना पक्राउ

समाचार

खसीको मासु भन्दै बाख्रीको मासु बिक्री गर्ने आठ जना पक्राउ

न्युज बिहानी
न्युज बिहानी
Shares
खसीको मासु भन्दै बाख्रीको मासु बिक्री गर्ने आठ जना पक्राउ

काठमाडौँ, १२ मङ्सिरः खसीको मासु भन्दै बाख्री तथा पाठीको मासु बिक्रीवितरण गरेको आरोपमा प्रहरीले काठमाडौँको टुकुचाबाट आठ जनालाई पक्राउ गरेको छ । पक्राउपर्नेमा सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका–२ का ४० वर्षीय दिलबहादुर मोक्तान, मुगुको सिर्कोटका ३२ वर्षीय करण बानियाँ, ललितपुरको महालक्ष्मी नगरपालिका–५ का ५० वर्षीय मनोज थापा, धादिङको गजुरी गाउँपालिका–१ का २६ वर्षीय सनम तामाङ र सोही ठाउँका ३२ वर्षीय राजु लामा रहेका छन् ।

त्यसैगरी, काभ्रेपलाञ्चोकको तेमाल गाउँपालिका–३ का २७ वर्षीय टेकबहादुर तामाङ, दोलखाको मेलुङ गाउँपालिका–१ का २१ वर्षीय निखिल उप्रेती र काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिका–२ का २५ वर्षीय दिनेश महत पनि पक्राउ परेका छन् । जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार काठमाडौँ महानगरपालिका–२८ स्थित टुकुचाको खसी बजारमा बाख्री तथा पाठीको मासुलाई खसीको मासु भन्दै बिक्रीवितरण भइरहेको भन्ने सूचनाका आधारमा परिसरबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको हो ।

प्रहरीले करिब ५६७ किलो मासु बरामद गरेको छ । उक्त मासु बा ६७६० नम्बरको भ्यान र बा २० च ६३४६ नम्बरको पिकअपमा लोड गर्दै गरेको अवस्थामा फेला पारिएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक दानबहादुर थापाले जानकारी दिनुभयो । पक्राउ परेका आठै जनामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस् (Comments)

तपाईंले प्रतिक्रिया दिनको लागि लगइन गर्नुपर्नेछ।

लगइन गर्नुहोस्
कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्!
न्युज बिहानी

न्युज बिहानी सत्य, तथ्य र निष्पक्ष समाचारका साथ तपाईलाई सधैं अपडेट राख्ने प्रतिबद्ध छ।

सम्पर्क

Bhairavi Media Pvt. Ltd.
Putalisadak–31, Kathmandu
9851165011
दर्ता विवरण
सूचना विभाग दर्ता नं.: ६९३
प्रेस काउन्सिल दर्ता नं.: १००४

हाम्रो टिम

प्रधान सम्पादक गोकर्ण बराल
सम्पादक विजय हमाल
© 2017–2026 News Bihani. सर्वाधिकार सुरक्षित।
Advertisement Ad ends in 15s
Bisup