लोड हुँदै...
लोड हुँदै...
गृहपृष्ठ
पात्रो
सम्पर्क
मिति
युनिकोड

ट्रम्पको ऊर्जा युद्धविराम घोषणामाथि प्रश्न, रुसी आक्रमण जारी रहेको युक्रेनको दाबी

राजनीति

ट्रम्पको ऊर्जा युद्धविराम घोषणामाथि प्रश्न, रुसी आक्रमण जारी रहेको युक्रेनको दाबी

जेलेन्स्कीले तनाव कम गर्न युक्रेनले विभिन्न प्रस्ताव अघि सारेको उल्लेख गर्दै अमेरिका तथा अन्य अन्तर्राष्ट्रिय साझेदारहरूसँग संवाद जारी रहेको बताउनुभएको छ ।

न्युज बिहानी
न्युज बिहानी
Shares
ट्रम्पको ऊर्जा युद्धविराम घोषणामाथि प्रश्न, रुसी आक्रमण जारी रहेको युक्रेनको दाबी

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुस र युक्रेनबीच ऊर्जा पूर्वाधारमाथिका आक्रमण रोक्ने उद्देश्यले ‘ऊर्जा युद्धविराम’ भएको घोषणा गर्नुभएको छ । तर, युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले घोषणापछि पनि रुसी आक्रमण जारी रहेको बताउनुभएको छ । ट्रम्पले आइतबार सामाजिक सञ्जालमार्फत युद्धविराम तत्काल लागू भएको जानकारी दिँदै दुवै पक्षलाई सहमतिको सम्मान गर्न आग्रह गर्नुभएको थियो । 

उहाँले आफ्नो सन्देशमा युद्धविराम उल्लङ्घन नगर्न चेतावनीसमेत दिनुभएको थियो । यद्यपि, सहमतिको अवधि, कार्यान्वयन प्रक्रिया तथा निगरानी व्यवस्थाबारे उहाँले विस्तृत जानकारी दिनुभएको छैन । रुसी पक्षबाट पनि घोषणालगत्तै आधिकारिक प्रतिक्रिया आएको थिएन । युक्रेनी राष्ट्रपति जेलेन्स्कीले ट्रम्पको घोषणालाई सकारात्मक रूपमा स्वागत गर्दै ऊर्जा पूर्वाधारमाथिका आक्रमण रोक्ने पहल सबैका लागि हितकर हुने बताउनुभएको छ । तर, उहाँका अनुसार राजधानी किभ र खार्किभ सहरमा रुसी ड्रोन तथा हवाई आक्रमण जारी रहेका थिए ।

आइतबार साँझ सम्बोधन गर्दै जेलेन्स्कीले युक्रेनको आकाशमा दिनभर रुसी शाहेद ड्रोनहरू देखिएको र विभिन्न क्षेत्रमा बम आक्रमण भएको जानकारी दिनुभएको थियो। उहाँले खार्किभस्थित एउटा विद्युत् केन्द्रमा पनि आक्रमण भएको बताउनुभयो । युक्रेनी राष्ट्रपतिको कार्यालयले उक्त आक्रमण ट्रम्पले युद्धविराम घोषणा गरेपछि भएको जनाएको छ । जेलेन्स्कीले युक्रेन रुसी ऊर्जा पूर्वाधारमाथिका आक्रमण रोक्न तयार रहेको स्पष्ट पार्दै रुसले पनि समान प्रतिबद्धता जनाउनुपर्ने बताउनुभएको छ । उहाँका अनुसार युद्धविराम प्रभावकारी बनाउन दुवै पक्षले सहमति पालना गर्नु आवश्यक छ ।

रुस–युक्रेन युद्धका क्रममा ऊर्जा पूर्वाधारमाथिका आक्रमणले सर्वसाधारणको जनजीवनमा गम्भीर असर पार्दै आएको छ । विद्युत् उत्पादन केन्द्र तथा ऊर्जा आपूर्ति प्रणालीमा क्षति पुग्दा घरपरिवार, अस्पताल र अन्य अत्यावश्यक सेवाहरू प्रभावित हुन सक्छन् । विशेषगरी जाडोयाममा विद्युत् तथा ताप आपूर्तिमा अवरोध हुँदा नागरिकको अवस्था थप कठिन बन्ने जोखिम रहन्छ ।

युक्रेनी अधिकारीहरूले रुसले ऊर्जा संरचनालाई लक्षित गरेर नागरिकको जनजीवन प्रभावित पार्न खोजेको आरोप लगाउँदै आएका छन् । यसैबीच, युक्रेनले पनि रुसी ऊर्जा संरचनामाथि ड्रोन आक्रमण गर्दै आएको छ ।जेलेन्स्कीले तनाव कम गर्न युक्रेनले विभिन्न प्रस्ताव अघि सारेको उल्लेख गर्दै अमेरिका तथा अन्य अन्तर्राष्ट्रिय साझेदारहरूसँग संवाद जारी रहेको बताउनुभएको छ । 

उहाँले क्यानडाका प्रधानमन्त्री मार्क कार्नी, फिनल्यान्डका राष्ट्रपति अलेक्जेन्डर स्टुब र नेटोका महासचिव मार्क रुटेसँग पनि पछिल्लो घटनाक्रमबारे कुराकानी गर्नुभएको थियो ।ऊर्जा युद्धविरामको घोषणाले द्वन्द्व न्यूनीकरणको सम्भावना देखाए पनि यसको प्रभावकारिता दुवै पक्षको प्रतिबद्धता र कार्यान्वयनमा निर्भर रहनेछ । सहमति व्यवहारमा लागू हुन सकेमा नागरिकको सुरक्षा र अत्यावश्यक सेवाको निरन्तरताका लागि सकारात्मक वातावरण बन्न सक्ने अपेक्षा गरिएको छ ।


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस् (Comments)

तपाईंले प्रतिक्रिया दिनको लागि लगइन गर्नुपर्नेछ।

लगइन गर्नुहोस्
कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्!
न्युज बिहानी

न्युज बिहानी सत्य, तथ्य र निष्पक्ष समाचारका साथ तपाईलाई सधैं अपडेट राख्ने प्रतिबद्ध छ।

सम्पर्क

Bhairavi Media Pvt. Ltd.
Putalisadak–31, Kathmandu
9851165011
दर्ता विवरण
सूचना विभाग दर्ता नं.: ६९३
प्रेस काउन्सिल दर्ता नं.: १००४

हाम्रो टिम

प्रधान सम्पादक गोकर्ण बराल
सम्पादक विजय हमाल
© 2017–2026 News Bihani. सर्वाधिकार सुरक्षित।
Advertisement Ad ends in 15s
Bisup