लोड हुँदै...
लोड हुँदै...
गृहपृष्ठ
पात्रो
सम्पर्क
मिति
युनिकोड

फरक स्वाद, फरक उर्जा : पाँच नयाँ फ्लेभर सहित एक्स्ट्रिम बजारमा

कर्पोरेट

फरक स्वाद, फरक उर्जा : पाँच नयाँ फ्लेभर सहित एक्स्ट्रिम बजारमा

कम्पनीले उपभोक्ताको बदलिँदो रुचि र स्वादलाई ध्यानमा राख्दै पाँच नयाँ फ्लेभर बजारमा ल्याएको हो ।

न्युज बिहानी
न्युज बिहानी
Shares
फरक स्वाद, फरक उर्जा : पाँच नयाँ फ्लेभर सहित एक्स्ट्रिम बजारमा

काठमाडौं । एक्स्ट्रिममले इनर्जी ड्रिंकको स्वादमा नयाँ उत्साह र रोजाइका विकल्पहरु थप गरेको छ । युवापुस्तामाझ लोकप्रिय एक्स्ट्रिम इनर्जी ड्रिंकका पारखीहरुले एउटै ब्रान्डमा एक्स्ट्रिम इनर्जीका साथै थप पाँच फरक स्वादको मज्जा लिन पाउने भएका छन् । कम्पनीले उपभोक्ताको बदलिँदो रुचि र स्वादलाई ध्यानमा राख्दै पाँच नयाँ फ्लेभर बजारमा ल्याएको हो ।

फरक स्वादसँगै आकषर्क नामले पनि यी नयाँ फ्लेभरलाई विशेष बनाएका छन् । ग्रिन एप्पलको स्वाद मन पराउनेका लागि ‘ग्रिन म्यानियाक’, मस्कट अंगुरको स्वाद रुचाउनेका लागि ‘श्रेक अट्याक’ र ग्रेपफ्रुट तथा पाइनएप्पलको मिश्रित स्वाद खोज्नेका लागि ‘ट्रपिकल पञ्च’ ल्याइएको छ । त्यस्तै, रास्पबेरी स्वादका पारखीका लागि ‘रास्प एन्ड फ्युरियस’ र अर्को नयाँ विकल्पका रूपमा ‘एक्स्ट्रिम्ली लाइट’ पनि बजारमा आएको छ ।

यी पाँच नयाँ फ्लेभरसँगै एक्स्ट्रिमले उपभोक्तालाई आफ्नो रुचिअनुसार स्वाद रोज्ने थप विकल्प दिएको छ । फरक स्वाद, आकषर्क नाम र विविध रोजाइको संयोजनले नयाँ उत्पादनलाई उपभोक्तामाझ थप रुचिकर बनाउने कम्पनीको विश्वास छ । कम्पनीका अनुसार उपभोक्ताको स्वादलाई अझ रोमाञ्चक बनाउने उद्देश्यले नयाँ फ्लेभर ल्याइएको हो ।

पाँच फरक फरक स्वादका ड्रिङ्कहरुको बिक्री वितरणसमेत सुरु भइसकेको छ । उपभोक्ताको रुचि र माग समयसँगै बदलिँदै गएको अवस्थामा एक्स्ट्रिमले पनि आफ्नो उत्पादनको दायरा फराकिलो बनाएको हो । कम्पनीले स्वादमा विविधता थप्दै उपभोक्ताको बदलिँदो रोजाइलाई भविष्यमा पनि सम्बोधन गर्ने लक्ष्य राखेको छ ।


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस् (Comments)

तपाईंले प्रतिक्रिया दिनको लागि लगइन गर्नुपर्नेछ।

लगइन गर्नुहोस्
कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्!
न्युज बिहानी

न्युज बिहानी सत्य, तथ्य र निष्पक्ष समाचारका साथ तपाईलाई सधैं अपडेट राख्ने प्रतिबद्ध छ।

सम्पर्क

Bhairavi Media Pvt. Ltd.
Putalisadak–31, Kathmandu
9851165011
दर्ता विवरण
सूचना विभाग दर्ता नं.: ६९३
प्रेस काउन्सिल दर्ता नं.: १००४

हाम्रो टिम

प्रधान सम्पादक गोकर्ण बराल
सम्पादक विजय हमाल
© 2017–2026 News Bihani. सर्वाधिकार सुरक्षित।
Advertisement Ad ends in 15s
Bisup