लोड हुँदै...
लोड हुँदै...
cg
गृहपृष्ठ
पात्रो
सम्पर्क
मिति
युनिकोड

निर्वाचनमा विपक्षीले बहुमत पाएपछि प्रधानमन्त्रीले दिए राजीनामा

राजनीति

निर्वाचनमा विपक्षीले बहुमत पाएपछि प्रधानमन्त्रीले दिए राजीनामा

न्युज बिहानी
न्युज बिहानी
Shares
निर्वाचनमा विपक्षीले  बहुमत पाएपछि  प्रधानमन्त्रीले दिए राजीनामा

स्विडेनको राष्ट्रिय निर्वाचनमा वामपन्थी झुकावको विपक्षी गठबन्धनले झिनो बहुमत हासिल गरेपछि प्रधानमन्त्री उल्फ क्रिस्टरसनले राजीनामा दिने घोषणा गर्नुभएको छ । स्विडेनको निर्वाचन प्राधिकरणका अनुसार आइतबार भएको निर्वाचनमा ३४९ सदस्यीय संसद् (रिक्सडाग) मा विपक्षी चार दलले १७६ सिट जितेका छन् । निवर्तमान मध्य–दक्षिणपन्थी सरकारमा सहभागी वा त्यसलाई समर्थन गर्ने चार दलले १७३ सिट प्राप्त गरेका छन् ।

अन्तिम मतपरिणाम सार्वजनिक भएपछि क्रिस्टरसनले सामाजिक सञ्जाल ‘एक्स’ मा संसद्का सभामुखलाई सम्बोधन गर्दै आफूलाई प्रधानमन्त्री पदबाट मुक्त गर्न आग्रह गर्नुभएको छ । उहाँले नयाँ सरकार गठनको प्रक्रिया अघि बढाउन मार्गप्रशस्त गर्न राजीनामा दिने बताउनुभएको हो । पूर्वप्रधानमन्त्री मग्डालेना एन्डरसनको सोसल डेमोक्र्याटिक पार्टी ९९ सिटसहित संसद्को सबैभन्दा ठूलो एकल दल बनेको छ । यद्यपि, विपक्षी गठबन्धनभित्रका दलहरूबीचको मतभेदका कारण नयाँ सरकार गठन चुनौतीपूर्ण हुने देखिएको छ ।

विपक्षी गठबन्धनको अग्रता सुरुमा अनिश्चित देखिए पनि विदेशबाट आएका मतपत्र तथा निर्वाचनको दिनसम्म मतदान केन्द्रमा नपुगेका प्रारम्भिक मतसमेत गणना भएपछि नतिजा पुष्टि भएको हो । क्रिस्टरसनले तीनदलीय मध्य–दक्षिणपन्थी गठबन्धनको नेतृत्व गर्दै सरकार सञ्चालन गर्नुभएको थियो । उहाँको सरकारलाई संसद्मा ‘स्विडेन डेमोक्र्याट्स’ पार्टीको बाह्य समर्थन थियो । यस निर्वाचनमा उक्त पार्टीले ६२ सिट जितेको छ, जुन अघिल्लो निर्वाचनको तुलनामा ११ सिट कम हो ।

एन्डरसन नेतृत्वको गठबन्धनमा सोसल डेमोक्र्याट्स, लेफ्ट पार्टी, सेन्टर पार्टी र ग्रिन पार्टी छन् । सेन्टर पार्टीले स्विडेन डेमोक्र्याट्ससँग सहकार्य नगर्ने अडान लिँदै आएको छ भने लेफ्ट पार्टीसँगको सहकार्यप्रति पनि उसको असहमति छ । यसले नयाँ सरकार गठनका लागि गठबन्धनभित्र वार्ता र सहमतिको आवश्यकता बढाएको छ ।


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस् (Comments)

तपाईंले प्रतिक्रिया दिनको लागि लगइन गर्नुपर्नेछ।

लगइन गर्नुहोस्
कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्!
न्युज बिहानी

न्युज बिहानी सत्य, तथ्य र निष्पक्ष समाचारका साथ तपाईलाई सधैं अपडेट राख्ने प्रतिबद्ध छ।

सम्पर्क

Bhairavi Media Pvt. Ltd.
Putalisadak–31, Kathmandu
9851165011
दर्ता विवरण
सूचना विभाग दर्ता नं.: ६९३
प्रेस काउन्सिल दर्ता नं.: १००४

हाम्रो टिम

प्रधान सम्पादक गोकर्ण बराल
सम्पादक विजय हमाल
© 2017–2026 News Bihani. सर्वाधिकार सुरक्षित।
Advertisement Ad ends in 15s
Bisup