लोड हुँदै...
लोड हुँदै...
cg
गृहपृष्ठ
पात्रो
सम्पर्क
मिति
युनिकोड

बारपाक सुलिकोटको बदलिँदो तस्वीर : विष्णु भट्टको दुई कार्यकालमा के–के भयो ?

राजनीति

बारपाक सुलिकोटको बदलिँदो तस्वीर : विष्णु भट्टको दुई कार्यकालमा के–के भयो ?

न्युज बिहानी
न्युज बिहानी
Shares
बारपाक सुलिकोटको बदलिँदो तस्वीर : विष्णु भट्टको दुई कार्यकालमा  के–के भयो ?

गोरखा । नेपालमा बिस.२०७२ को सविंधान जारी भएपछी स्थानीय तह पुनर्संरचनापछि बनेको बारपाक सुलिकोट गाउँपालिकामा विष्णुप्रसाद भट्ट २०७४ सालको स्थानीय निर्वाचनबाट अध्यक्ष निर्वाचित भए भने उनि २०७९ मा पनि दोस्रो पटक अध्यक्ष निर्वाचित भएका थिए। भट्टले आफ्नो दुई कार्यकालमा मुख्यतः पूर्वाधार, शिक्षा, स्वास्थ्य, कृषि, उद्यम, पर्यटन तथा डिजिटल सेवा विस्तारका क्षेत्रमा काम गरेका छन् । उनले कतिपय ठूला आयोजनामा संघ तथा प्रदेश सरकारको बजेट र साझेदारीमा काम गरेका छन् ।

सडक संजाल 
भट्टको कार्यकालमा सबैभन्दा चर्चामा आएको पूर्वाधारमध्ये घ्याम्पेसाल–पाँचखुवा देउराली–ताकुकोट सडक रहेको छ । गोरखा सदरमुकामबाट गाउँपालिकाको केन्द्र ताकुकोट जोड्ने करिब ८.३६ किलोमिटर सडक ट्र्याक खुलेको २८ वर्षपछि मात्र उक्त सडक कालोपत्रे भएको हो।यो सडक  लामो समयसम्म कच्ची अवस्थामै थियो। सडक दुई लेनको रहेको छ। त्यसैगरी चुनौटे–तामालाबोट–पाख्खु सडक स्तरोन्नति भएको छ भने खर्चोक–भञ्ज्याङ–मझेरी सडक स्तरोन्नतिसमेत भएको पाइन्छ ।

स्वास्थ्य
स्वास्थ्यतर्फ भट्टको कार्यकालमा १५ शय्याको अस्पताल निर्माण भएको छ । भट्टको नेतृत्वमा स्वास्थ्यलाई स्थानीय तहको प्राथमिकतामा राखिएको छ । बिभिन्न समयमा स्वास्थ्य शिविरहरु भएका छन् । स्वास्थ्य क्षेत्रमा पालिकाले पूर्वाधारसँगै मोबाइल स्वास्थ्य, निःशुल्क परीक्षण, मातृस्वास्थ्य र विशेषज्ञ स्वास्थ्य शिविरलाई समेत विस्तार गरेको देखिन्छ।

शिक्षा
शिक्षा भट्ट नेतृत्वको अर्को महत्वपूर्ण क्षेत्र हो। पालिकाले सामुदायिक विद्यालयमा शिक्षकको अभाव कम गर्न सट्टा शिक्षकको व्यवस्था गरेको । आधारभूत तथा माध्यमिक तहका शिक्षकलाई विषयगत तालिम दिइएको छ। त्यस्तै, Room to Read को सहकार्यमा कक्षा १ र २ मा साक्षरता कार्यक्रम सञ्चालन गरिएको, बराम र दलित समुदायका स्नातक तथा स्नातकोत्तर अध्ययन गर्ने विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिएको तथा पालिकाको स्वास्थ्य संस्थामा कम्तीमा तीन वर्ष सेवा गर्ने शर्तमा MBBS अध्ययनरत एक विद्यार्थीलाई छात्रवृत्ति दिइएको छ। 

विद्यार्थीलाई  निःशुल्क कम्प्युटर शिक्षा,SEE ग्रेड वृद्धि परीक्षाका लागि निःशुल्क तयारी कक्षा देखि  विद्यालयका प्रधानाध्यापकसँग कार्यसम्पादन करार गर्ने र त्यसका आधारमा उत्कृष्ट प्रधानाध्यापकलाई सम्मान गर्ने व्यवस्था पनि गरिएको छ। पालिकाले शिक्षाको गुणस्तर सुधारका लागि गरेको पहलका कारण Principles Association of Nepal (PAN) बाट गण्डकी प्रदेशकै उत्कृष्ट गाउँपालिकाको रूपमा सम्मान प्राप्त गरेको थियो । 

कृषि
पालिकाले कृषि क्षेत्रमा राम्रो प्रगति गरेको पाउन सकिन्छ। कृषकलाई  उन्नत तथा हाइब्रिड तरकारी बीउ वितरण गरिएको छ भने ५० प्रतिशत अनुदानमा आलुको बीउ वितरण गरिएको  छ। त्यस्तै साना सिँचाइ आयोजना,कृषकलाई सुन्तला तथा कागतीका बिरुवा वितरण,१०० रोल प्लास्टिक मल्चिङ ८५ प्रतिशत अनुदानमा वितरण,मकै उत्पादनका लागि विभिन्न जातका बीउ वितरण,होटल तथा होमस्टे व्यवसायीलाई रैथाने परिकारसम्बन्धी तालिम,कुटानी–पिसानी मिल र थ्रेसर वितरण जस्ता कार्यक्रम सञ्चालन भएको छ। पालिकाले कृषि कार्यक्रम केवल बीउ वितरणमा सीमित नराखी सिँचाइ, उत्पादन प्रविधि, रैथाने बाली, कृषि उपकरण र पर्यटनसँग कृषि जोड्ने प्रयाससमेत गरिएको पाइन्छ।

स्थानीय उद्यम र रोजगारी
पालिकाले लघु उद्यम विकासतर्फ पनि कार्यक्रम विस्तार छ । नयाँ उद्यमीलाई उद्यमशीलता तालिम र दिवा खाजा उत्पादनसम्बन्धी सीप विकास तालिम दिइएको छ भने पालिकाको ८० प्रतिशत र उद्यमीको २० प्रतिशत लागत साझेदारीमा कुटानी–पिसानी मिल हस्तान्तरण गरिएको छ। साबुन व्यवसायमा संलग्न उद्यमीलाई तालिम तथा उत्पादन मेसिन, साबुन प्याकेजिङ/कटिङ/मिक्चर मेसिन र दुना–टपरी बनाउने मेसिन हस्तान्तरण गरिएको छ।त्यस्तै अल्लो र लोक्ता प्रशोधनतर्फ पनि सीप विकास तथा व्यावसायिक समूह गठन गरिएको छ भने अल्लो तथा लोक्ता प्रशोधनसम्बन्धी तालिम समेत सञ्चालन भएको छ।

पर्यटन
बारपाक स्वयं भूकम्पको केन्द्रबिन्दु तथा ऐतिहासिक–पर्यटकीय क्षेत्र भएकाले पर्यटनलाई पालिकाको अर्को सम्भावनाका रूपमा अघि सारिएको छ। दिलबहादुर रम्तेल स्मृतिपार्क निर्माण भएको छ भने जनयुद्ध संग्रहालय निर्माण गरिएको छ र संग्रहालयमा हातहतियार, श्रव्य–दृश्य तथा मूर्ति/फोटो प्रदर्शनी कक्ष राखिएको छ।

विपद् व्यवस्थापन
भूकम्प, पहिरो र आगलागीको जोखिममा रहेको पालिकामा विपद्बाट प्रभावितलाई त्रिपाल वितरण, आगलागीबाट क्षति भएका घरको मर्मतमा राहत, वर्षा तथा पहिरोको जोखिममा रहेका निजी आवास संरक्षण, बस्ती संरक्षण तथा पूर्ण क्षति भएका निजी आवास पुनर्निर्माणका काम गरिएको छ। नदी किनारका खेतबारी संरक्षण र सिँचाइ कुलो मर्मतका लागि ग्याबिन जालीसमेत उपलब्ध गराइएको छ।

डिजिटल प्रशासन
भट्ट नेतृत्वको कार्यकाल सडक र भवनमा सीमित नभएको अर्को उदाहरण प्रशासनिक सुधार हो। पालिकाले अनलाइन राजस्व व्यवस्थापन प्रणाली (SUTRA) पूर्ण रूपमा कार्यान्वयन गरेको छ। सामाजिक सुरक्षा भत्ता लाभग्राहीको खातामा EFT प्रणालीमार्फत प्रत्यक्ष भुक्तानी  गरेको छ। 


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस् (Comments)

तपाईंले प्रतिक्रिया दिनको लागि लगइन गर्नुपर्नेछ।

लगइन गर्नुहोस्
कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्!
न्युज बिहानी

न्युज बिहानी सत्य, तथ्य र निष्पक्ष समाचारका साथ तपाईलाई सधैं अपडेट राख्ने प्रतिबद्ध छ।

सम्पर्क

Bhairavi Media Pvt. Ltd.
Putalisadak–31, Kathmandu
9851165011
दर्ता विवरण
सूचना विभाग दर्ता नं.: ६९३
प्रेस काउन्सिल दर्ता नं.: १००४

हाम्रो टिम

प्रधान सम्पादक गोकर्ण बराल
सम्पादक विजय हमाल
© 2017–2026 News Bihani. सर्वाधिकार सुरक्षित।
Advertisement Ad ends in 15s
Bisup