लोड हुँदै...
लोड हुँदै...
cg
गृहपृष्ठ
पात्रो
सम्पर्क
मिति
युनिकोड

इरान युद्धले अमेरिकी हतियार भण्डारमा दबाब

राजनीति

इरान युद्धले अमेरिकी हतियार भण्डारमा दबाब

सोमबार उहाँले अमेरिकाले इतिहासकै सबैभन्दा उत्कृष्ट र ठूलो परिमाणमा हतियार उत्पादन गरिरहेको दाबी गर्नुभयो ।

न्युज बिहानी
न्युज बिहानी
Shares
इरान युद्धले अमेरिकी हतियार भण्डारमा दबाब

इरानविरुद्धको सैन्य अभियानका कारण अमेरिकी रणनीतिक हतियार भण्डारमा कमी आएको र हतियार पुनःआपूर्तिमा औद्योगिक अवरोध देखिएको अमेरिकी रक्षा विभागका महानिरीक्षकले बताउनुभएको छ । कङ्ग्रेसलाई बुझाइएको प्रतिवेदनअनुसार ‘अपरेसन एपिक फ्युरी’ को फेब्रुअरी २८ देखि जुन ३० सम्मको अनुमानित लागत ३३ अर्ब ४० करोड अमेरिकी डलर पुगेको छ भने २२ अर्ब ३० करोड डलर खर्च भइसकेको छ ।

प्रतिवेदनले अभियानमा ठूलो मात्रामा हतियार प्रयोग हुँदा रणनीतिक भण्डार घटेको उल्लेख गरेको छ । युद्धका क्रममा चार एफ–१५ विमान र ३० एमक्यू–९ रिपर ड्रोन नष्ट भएका तथा एउटा एफ–३५ र सात केसी–१३५ ट्याङ्कर विमान क्षतिग्रस्त भएका छन् । राष्ट्रपति डोनाल्ड ट्रम्पले भने हतियार भण्डारमा कमी आएको चिन्ता अस्वीकार गर्दै अमेरिकासँग ‘लगभग असीमित’ गोला–बारुद रहेको बताउनुभएको छ । सोमबार उहाँले अमेरिकाले इतिहासकै सबैभन्दा उत्कृष्ट र ठूलो परिमाणमा हतियार उत्पादन गरिरहेको दाबी गर्नुभयो ।

यसअघि सिएनएनले लामो दूरीका क्षेप्यास्त्र र हवाई प्रतिरक्षा प्रणालीका अवरोधक क्षेप्यास्त्रको अभावले अमेरिकी रणनीतिमा असर परेको जनाएको थियो । अमेरिकी सेनाले थाड प्रणालीका करिब ८० प्रतिशत अवरोधक क्षेप्यास्त्र प्रयोग गरिसकेको बताइएको छ । अमेरिकी सेन्ट्रल कमान्डका अनुसार युद्धको पहिलो २४ घण्टामै अमेरिकी सेनाले एक हजारभन्दा बढी लक्ष्यमा आक्रमण गरेको थियो । प्रतिवेदनले इरानी आक्रमणबाट कुवेत, बहराइन, कतार, संयुक्त अरब इमिरेट्स, साउदी अरेबिया, इराक, ओमान र जोर्डनस्थित अमेरिकी सैन्य आधारका सयौँ संरचनामा क्षति पुगेको जनाएको छ । ती संरचनाको पुनर्निर्माण लागत भने हालको खर्च अनुमानमा समावेश गरिएको छैन ।


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस् (Comments)

तपाईंले प्रतिक्रिया दिनको लागि लगइन गर्नुपर्नेछ।

लगइन गर्नुहोस्
कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्!
न्युज बिहानी

न्युज बिहानी सत्य, तथ्य र निष्पक्ष समाचारका साथ तपाईलाई सधैं अपडेट राख्ने प्रतिबद्ध छ।

सम्पर्क

Bhairavi Media Pvt. Ltd.
Putalisadak–31, Kathmandu
9851165011
दर्ता विवरण
सूचना विभाग दर्ता नं.: ६९३
प्रेस काउन्सिल दर्ता नं.: १००४

हाम्रो टिम

प्रधान सम्पादक गोकर्ण बराल
सम्पादक विजय हमाल
© 2017–2026 News Bihani. सर्वाधिकार सुरक्षित।
Advertisement Ad ends in 15s
Bisup