लोड हुँदै...
लोड हुँदै...
cg
गृहपृष्ठ
पात्रो
सम्पर्क
मिति
युनिकोड

प्रतिनिधिसभा : बाढीबाट क्षति भएका सडक र पुल मर्मतलाई प्राथमिकता दिन आह्वान

राजनीति

प्रतिनिधिसभा : बाढीबाट क्षति भएका सडक र पुल मर्मतलाई प्राथमिकता दिन आह्वान

उहाँहरुले बाढीले मानवीय र भौतिक संरचनामा ठूलो क्षति पु¥याएकाले क्षतिग्रस्त स्थानमा तत्कालै सडक र पुल सञ्चालनमा ल्याउन माग गर्नुभयो ।

न्युज बिहानी
न्युज बिहानी
Shares
प्रतिनिधिसभा : बाढीबाट क्षति भएका सडक र पुल मर्मतलाई प्राथमिकता दिन आह्वान

काठमाडौँ, १२ असोजः प्रतिनिधिसभा आजको आकस्मिक समयमा भाग लिने सांसदहरुले पछिल्लो वर्षासँगैको पहिरोबाट मध्यपहाडी राजमार्ग र कालीगण्डकी कोरिडोर क्षेत्रका सडक तथा पुलमा ठूलो क्षति पु¥याएकाले तत्काल मर्मत गरी सडक यातायात सञ्चालनमा ल्याउन सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।उहाँहरुले बाढीले मानवीय र भौतिक संरचनामा ठूलो क्षति पु¥याएकाले क्षतिग्रस्त स्थानमा तत्कालै सडक र पुल सञ्चालनमा ल्याउन माग गर्नुभयो ।

सांसद पद्यकुमारी अर्यालले गत भदौको रसुवा बाढीको असर कम नहँुदै फेरि पछिल्लो वर्षासँगैको बाढी र पहिरोबाट जोखिम तथा क्षति व्यहोर्नु परेको जनाउँदै प्रभावित परिवारको उद्धार, राहत र पुनस्र्थापनाको विषयमा गम्भीर भएर लाग्न सरकारको ध्यानाकर्षण गराउनुभयो । उहाँले बाढीका कारणले कालीगण्डकी नदीको तटीय क्षेत्रमा सडक, पुल, व्यक्तिगत सम्पत्ति लगायतमा असर पारेकाले तत्काल खोज, उद्धार तथा राहतमा ध्यान दिन अनुरोध गर्नुभयो । 

सांसद युवराज दुलालले मुलुकका विभिन्न भागका बाढी प्रभावित क्षेत्रमा तत्काल उद्धार, राहत र पुनस्र्थापनामा ध्यान दिन सरकारको ध्यानाकर्षण गराउनुभयो । उहाँले सरकारले पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको पक्राउ र रिहाइको विषयमा सरकारको धारणा माग गर्नुभएको छ । सांसद ऐनबहादुर महरले वर्तमान सरकार गठन भएदेखि नै विभिन्न राजनीतिक नेतृत्व तथा न्यायाधीशसम्मलाई विधिको शासन पक्राउ र अपमान गर्ने जस्ता क्रियाकलाप भएको भनी आगामी दिनमा यस्ता घटना दोहरिन नदिन सरकारको ध्यानाकर्षण गराउनुभयो ।

सांसद सुशील खड्काले पछिल्लो बर्षपछिको बाढीले खास गरी मध्यपहाडी राजमार्ग र कालीगण्डकी कोरिडोर क्षेत्र अलि बढी प्रभावित भएकाले तत्कालै त्यस क्षेत्रमा पुल र सडक निर्माणको काम तत्कालै अघि बढाउनको लागि माग गर्नुभयो । उहाँले जलवायु परिवर्तनको कारणले यस्ता खालका विपद् आइराखेकाले पनि राज्यले सजग र सर्तकता अपनाउन जरुरी रहेको बताउनुभयो । सांसद बलावती शर्माले बाढीपहिरोबाट बाग्लुङ र कास्की जोड्ने पुल र सडक लगायतका संरचनामा क्षति पु¥याएकाले सदरमुकामसँग पालिकाको सडक सञ्जाल अवरुद्ध भएको बताउनुभयो । उहाँले बाढीमा प्रभावितका लागि उचित राहत र पुनस्र्थापनाको व्यवस्थापनको लागि आग्रह गर्नुभयो । 

सांसद ध्रुवराज राईले प्रधानमन्त्रीले विगतमा जस्तै संसदमा आएर जवाफ दिने कार्यसूचीलाई फेरि राख्न सदन र सरकारको  ध्यानाकर्षण गराउनुभयो । सांसद भरत गिरी चाडपर्वको समयमा सार्वजनिक यातायातको टिकटमा चलखेल गरेर मूल्यवृद्धि गर्न खोजिएकोतर्फ सरकारको ध्यानाकर्षण गराउनुभयो । सांसद सोम शर्माले बाग्लुङको बाढीपहिरो प्रभावित क्षेत्रमा निरीक्षण गरेर आवश्यक खोज तथा उद्धारमा सक्रियता देखाउन ध्यानाकर्षण गराउनुभएको छ ।

सासंद समिना मियाँले बाढीबाट चितवनको विभिन्न स्थानमा नारायणीले कटान गरेको जनाउँदै सरकारको ध्यानाकर्षण गराउनुभयो । सांसद मनिष खनाल नारायणी नदीको बहाव बढ्दा सुस्ता क्षेत्रमा डुबानको प्रभाव पारेकाले तत्काल राहतको व्यवस्था र दीर्घकालीन समाधान खोज्नको लागि सरकारको ध्यानाकर्षण गराउनुभयो ।सांसद टेकबहादुर गुरुङले पछिल्लो बाढीले मनाङ जिल्लाका धेरै संरचनामा क्षति पु¥याएको विषयमा सरकारको ध्यानाकर्षण गराउँदै खोज, उद्धार  र राहतको तत्काल व्यवस्था गर्न आग्रह गर्नुभयो । उहाँले बँेशीसहर र चामे सडक खण्डमा पहिरो खसेर सडक अवरुद्ध भएकाले तत्कालै सडक सञ्चालन गर्ने वातावरण मिलाउन अनुरोध गर्नुभयो । 

सांसद भरतप्रसाद पराजुलीले चार दिनदेखि लगातार आएको पानीसँगैको बाढी पहिरोले मुस्ताङ कोरला नाका बन्द भएकाले छिमेकी मुलुक चीनसँगको सबै खालको व्यापार ठप्प भएको सरकारको ध्यानाकर्षण गराउनुभयो । सांसद क्षितिज थेबे ताप्लेजुङको दोभान बजारमा आगजनीबाट १० घर पूर्ण जल्दा  करिब रु  १५ करोड बराबरको क्षति भएको बताउनुभयो । सांसद टुकाभद्र हमालले पछिल्लो समय परेको अरिवल वर्षाको कारणले नागरिकको जनजीवन प्रभावित भएको विषयमा सरकारको ध्यानाकर्षण गराउनुभयो । 

सांसद राजकिशोर महतो प्रधानमन्त्रीले संयुक्त राष्ट्र सङ्घमा गरेको सम्बोधनले नेपालको सम्मान उच्च भएको बताउनुभयो । सांसद श्रीराम न्यौपाने प्रधानमन्त्रीले भोटेकोशी बाढीको विषयमा प्रधानमन्त्रीले उठाएको विषयले नेपालको गौरव उच्च गराएको बताउनुभयो ।सांसद माधवबहादुर थापाले बाढीको कारणले पाल्पाको रानीमहल डुबेकोबारे सरकारको ध्यानाकर्षण गराउनुभयो ।सांसद शुलभ खरेल तिनाउ नदी बाढीले वरपरको क्षेत्रमा ठूलो क्षति पु¥याएकाले प्रभावितलाई तत्कालै उद्धार, राहत र पुनस्र्थापनामा ध्यान दिनका लागि सरकारको ध्यानाकर्षण गराउनुभयो ।

सांसद ठाकुरसिंह थारूले लगातारको झरिले बर्दियाको गुलरिया नगरपालिकामा २५ घरमा क्षति पु¥याएकोबारे सरकारको ध्यानाकर्षण गराउनुभयो ।सांसद बुद्धरत्न महर्जन पछिल्लो बाढी पहिरोका कारण ललितपुरका अधिकांश सडक प्रभावित भएको जनाउँदै ललितपुरमा टेलिफोनको नेटवर्क पनि बारम्बार अवरुद्ध हुने गरेको हुँदा समस्या समाधानका लागि पहल गरिदिन सदनमार्फत सरकारको ध्यानाकर्षण गराउनुभयो ।


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस् (Comments)

तपाईंले प्रतिक्रिया दिनको लागि लगइन गर्नुपर्नेछ।

लगइन गर्नुहोस्
कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्!
न्युज बिहानी

न्युज बिहानी सत्य, तथ्य र निष्पक्ष समाचारका साथ तपाईलाई सधैं अपडेट राख्ने प्रतिबद्ध छ।

सम्पर्क

Bhairavi Media Pvt. Ltd.
Putalisadak–31, Kathmandu
9851165011
दर्ता विवरण
सूचना विभाग दर्ता नं.: ६९३
प्रेस काउन्सिल दर्ता नं.: १००४

हाम्रो टिम

प्रधान सम्पादक गोकर्ण बराल
सम्पादक विजय हमाल
© 2017–2026 News Bihani. सर्वाधिकार सुरक्षित।
Advertisement Ad ends in 15s
Bisup