लोड हुँदै...
लोड हुँदै...
cg
गृहपृष्ठ
पात्रो
सम्पर्क
मिति
युनिकोड

हर्मुज द्वन्द्व : कच्चा तेलको मूल्य महँगियो,सेयर बजारमा गिरावट

राजनीति

हर्मुज द्वन्द्व : कच्चा तेलको मूल्य महँगियो,सेयर बजारमा गिरावट

एनभिडियाको सेयर मूल्य वृद्धिसँगै कम्पनीको बजार पुँजीकरण करिब ५७ खर्ब अमेरिकी डलर पुगेको छ ।

न्युज बिहानी
न्युज बिहानी
Shares
हर्मुज द्वन्द्व : कच्चा तेलको मूल्य महँगियो,सेयर बजारमा गिरावट

इरानले महत्त्वपूर्ण हर्मुज जलघाँटीमा तेल ट्याङ्करमाथिको आक्रमण बढाएको देखिएको चेतावनीपछि मध्यपूर्वबाट हुने तेल आपूर्तिप्रति चिन्ता बढ्दा बुधबार कच्चा तेलको मूल्य उकालो लागेको छ भने एसियाली सेयर बजारमा गिरावट आएको छ ।

बेलायतको मेरिटाइम ट्रेड अपरेसनका अनुसार यस महिना हर्मुज जलघाँटी र पर्सियन खाडी क्षेत्रमा नौ वटा आक्रमण भएका छन् । यसअघि मध्यपूर्वबाट हुने तेल निर्यात युद्धअघिको स्तरमा फर्किएको खबरले ब्रेन्ट कच्चा तेलको मूल्य प्रतिब्यारेल १०० अमेरिकी डलर र अमेरिकी वेस्ट टेक्सास इन्टरमिडियट (डब्लुटीआई) को मूल्य ९० डलरभन्दा तल झरेको थियो ।

तर ट्याङ्करमाथि आक्रमण बढेको खबरसँगै तेलको मूल्य पुनः बढेको हो । पेपरस्टोनका क्रिस वेस्टनले तेलको प्रवाह बढेको रिपोर्टले मूल्यमा केही दबाब दिए पनि जहाजमाथिको आक्रमणसम्बन्धी खबरले त्यसलाई सन्तुलित गरेको बताउनुभयो । उहाँका अनुसार बजार अहिले भूराजनीतिक जोखिमप्रति अत्यधिक संवेदनशील छ ।

यसैबीच, यमनका हुथीहरूले रियादको मुख्य विमानस्थलमा आक्रमण गरेको दाबी गरेका छन् । यमनी सरकारी फौजले भने उक्त दाबी अस्वीकार गर्दै बाब अल–मन्डब जलघाँटी र बन्दरगाह सहर मोचा वरपरका क्षेत्रबाट इरान समर्थित समूहलाई हटाएको जनाएको छ ।

उता, टोकियो, हङकङ, सिङ्गापुर, सियोल, वेलिङ्टन र ताइपेईका सेयर बजार घटेका छन् भने सिड्नी र मनिलाका बजार बढेका छन् । अमेरिकी नास्डाक र एस एन्ड पी ५०० भने नयाँ कीर्तिमानमा पुगेका थिए । एनभिडियाको सेयर मूल्य वृद्धिसँगै कम्पनीको बजार पुँजीकरण करिब ५७ खर्ब अमेरिकी डलर पुगेको छ ।

फाइनान्सियल टाइम्सको स्पेसएक्सले एनभिडियाका चिप खरिदका लागि ४० अर्ब अमेरिकी डलर जुटाउन खोजिरहेको समाचारले पनि लगानीकर्ताको उत्साह बढाएको थियो । यद्यपि, कृत्रिम बौद्धिकता (एआई) क्षेत्रमा प्रविधि कम्पनीहरूले गरेको ठूलो लगानीबाट अपेक्षित प्रतिफल कहिले प्राप्त हुन्छ भन्ने चिन्ता भने कायमै छ ।


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस् (Comments)

तपाईंले प्रतिक्रिया दिनको लागि लगइन गर्नुपर्नेछ।

लगइन गर्नुहोस्
कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्!
न्युज बिहानी

न्युज बिहानी सत्य, तथ्य र निष्पक्ष समाचारका साथ तपाईलाई सधैं अपडेट राख्ने प्रतिबद्ध छ।

सम्पर्क

Bhairavi Media Pvt. Ltd.
Putalisadak–31, Kathmandu
9851165011
दर्ता विवरण
सूचना विभाग दर्ता नं.: ६९३
प्रेस काउन्सिल दर्ता नं.: १००४

हाम्रो टिम

प्रधान सम्पादक गोकर्ण बराल
सम्पादक विजय हमाल
© 2017–2026 News Bihani. सर्वाधिकार सुरक्षित।
Advertisement Ad ends in 15s
Bisup