लोड हुँदै...
लोड हुँदै...
गृहपृष्ठ
पात्रो
सम्पर्क
मिति
युनिकोड

रास्वपाको प्रचारमा रेडक्रसको सवारीसाधन प्रयोग प्रकरण : तथ्य लुकाउन रेडक्रस धनुषाको टालटुले विज्ञप्ति

इनसाइट

रास्वपाको प्रचारमा रेडक्रसको सवारीसाधन प्रयोग प्रकरण : तथ्य लुकाउन रेडक्रस धनुषाको टालटुले विज्ञप्ति

अध्यक्ष भण्डारी, रवि लामिछाने र मनिष झा एउटै होटलमा बसेको तथा होटलको व्यवस्था पनि भण्डारीले मिलाएको ती कर्मचारीले बताए ।

न्युज बिहानी
न्युज बिहानी
Shares
रास्वपाको प्रचारमा रेडक्रसको सवारीसाधन प्रयोग प्रकरण : तथ्य लुकाउन  रेडक्रस धनुषाको टालटुले  विज्ञप्ति

काठमाडौं । नेपाल रेडक्रस सोसाइटी धनुषा शाखाको सवारीसाधन राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेको स्वागत तथा कार्यकर्ता ओसारपसारमा प्रयोग भएको विषय सार्वजनिक भएपछि शाखाले जारी गरेको खण्डनले थप रहस्य खोलेको छ ।  न्यूजबिहानी डटकममा प्रकाशित समाचारको खण्डन गर्दै शाखाले सवारीसाधन अत्यावश्यक सामग्री तथा रक्तसञ्चार सेवासम्बन्धी कामका लागि विमानस्थल गएको दाबी गरेको छ । तर उक्त दाबी र सार्वजनिक गतिविधिबीच देखिएका विरोधाभासले शाखाको स्पष्टीकरणमाथि नै प्रश्न उठाएको छ ।

यदि गाडी रगत वा अत्यावश्यक सामग्री लिन विमानस्थल गएको थियो भने त्यसमा कार्यकर्ता कोचाकोच गरेर किन राखिए भन्ने उत्तर त्याहाँ छैन । विभिन्न एयरलाइन्ससँग बुझ्दा रेडक्रस धनुषाको नाममा काठमाडौं हुँदै रगत वा अन्य अत्यावश्यक सामग्री पठाइएको जानकारी नभएको बताइएको छ । शाखाले कुन एयरलाइन्सबाट, कसले पठाएको र कसले बुझेको हो भन्ने विवरण सार्वजनिक गरेको  छैन । 

रेडक्रस अध्यक्ष  विशाल भण्डारीलाई रास्वपाका नेता मनिष झाले रवि लामिछानेको स्वागतका लागि बोलाएको र संस्थाको गाडी त्यसै प्रयोजनमा प्रयोग भएको रेडक्रसकै एक कर्मचारीले बताएका छन् । अध्यक्ष भण्डारी, रवि लामिछाने र मनिष झा एउटै होटलमा बसेको तथा होटलको व्यवस्था पनि भण्डारीले मिलाएको ती कर्मचारीले बताए । 

रेडक्रसको सवारीसाधन मानवीय सेवाका लागि हो, राजनीतिक दलका नेता तथा कार्यकर्ता ओसारपसारका लागि होइन । त्यसैले शाखाले सामान्य खण्डनमा सीमित नभई गाडीको प्रयोग विवरण, यात्रुहरूको पहिचान, विमानस्थलबाट ल्याइएको भनिएको सामग्रीको प्रमाण र होटल व्यवस्थापनसम्बन्धी विषयमा तथ्यसहित जवाफ दिन आवश्यक छ ।WhatsApp Image 2026-11-18 at 10.19.56 AM.webp


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस् (Comments)

तपाईंले प्रतिक्रिया दिनको लागि लगइन गर्नुपर्नेछ।

लगइन गर्नुहोस्
कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्!

सम्बन्धित खबर

न्युज बिहानी

न्युज बिहानी सत्य, तथ्य र निष्पक्ष समाचारका साथ तपाईलाई सधैं अपडेट राख्ने प्रतिबद्ध छ।

सम्पर्क

Bhairavi Media Pvt. Ltd.
Putalisadak–31, Kathmandu
9851165011
दर्ता विवरण
सूचना विभाग दर्ता नं.: ६९३
प्रेस काउन्सिल दर्ता नं.: १००४

हाम्रो टिम

प्रधान सम्पादक गोकर्ण बराल
सम्पादक विजय हमाल
© 2017–2026 News Bihani. सर्वाधिकार सुरक्षित।
Advertisement Ad ends in 15s
Bisup