लोड हुँदै...
लोड हुँदै...
cg
गृहपृष्ठ
पात्रो
सम्पर्क
मिति
युनिकोड

नेपालमा पहिलोपटक Xtep को १० किलोमिटर म्याराथन, चक्रपथस्थित सोरुमबाट भव्य सुरुवात

खेलकुद

नेपालमा पहिलोपटक Xtep को १० किलोमिटर म्याराथन, चक्रपथस्थित सोरुमबाट भव्य सुरुवात

सहभागी सबैलाई Xtep को तर्फबाट मेडल प्रदान गरिएको थियो भने म्याराथनका विजेताहरूलाई मेडलसँगै विभिन्न गिफ्ट ह्याम्पर प्रदान गरी सम्मान गरिएको थियो।

न्युज बिहानी
न्युज बिहानी
Shares
नेपालमा पहिलोपटक Xtep को १० किलोमिटर म्याराथन, चक्रपथस्थित सोरुमबाट भव्य सुरुवात

चीनको प्रतिष्ठित स्पोर्ट्स ब्राण्ड Xtep ले नेपालमा पहिलोपटक १० किलोमिटर म्याराथन आयोजना गरेको छ। काठमाडौंको चक्रपथस्थित Xtep को सोरुमबाट सुरु भएको म्याराथन बुढानीलकण्ठ मन्दिर परिक्रमा गर्दै पुनः सोही सोरुममा आएर भव्य रूपमा सम्पन्न भएको हो। स्वास्थ्य, फिटनेस र खेलकुदलाई प्रोत्साहन गर्ने उद्देश्यले आयोजना गरिएको म्याराथनमा महिला तथा पुरुष दुवैको उत्साहजनक सहभागिता रहेको थियो। सहभागी सबैलाई Xtep को तर्फबाट मेडल प्रदान गरिएको थियो भने म्याराथनका विजेताहरूलाई मेडलसँगै विभिन्न गिफ्ट ह्याम्पर प्रदान गरी सम्मान गरिएको थियो।

कार्यक्रममा नेपालका चर्चित म्याराथन धावक तथा मेडलिस्टहरूका साथै काठमाडौंका विभिन्न Xtep ब्रान्चका कर्मचारीहरूको समेत सहभागिता रहेको थियो। सहभागीहरूले Xtep कै जुत्ता लगाएर १० किलोमिटर दौड पूरा गरेका थिए। दौडमा सहभागीहरूले Xtep का जुत्ता लगाउँदा रनिङका क्रममा आफूलाई सहज र कम्फर्टेबल महसुस भएको प्रतिक्रिया दिएका थिए।कार्यक्रममा नेपालमा Xtep भित्र्याउने गणेशमान श्रेष्ठको समेत सहभागिता रहेको थियो। उनले नेपालमा पहिलोपटक Xtep को तर्फबाट म्याराथन आयोजना गर्न पाउनु गौरवको विषय भएको बताए।

उनले भने, “नेपालमा पहिलोपटक यो कार्यक्रम गर्न पायौं। यो हाम्रो लागि गौरवको विषय हो। अब आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिनेछौं।”नेपालका विभिन्न स्थानमा Xtep का सोरुमहरू सञ्चालनमा रहेको जानकारी दिँदै श्रेष्ठले थप नयाँ सोरुमहरू विस्तार गर्ने तयारी भइरहेको बताए। उनका अनुसार नेपालमा Xtep का उत्पादनले उपभोक्ताबाट राम्रो प्रतिक्रिया पाइरहेको छ।

विश्वका विभिन्न देशमा लोकप्रिय रहेको Xtep नेपालमा पनि आफ्नो पहिचान विस्तार गर्दै गएको छ। विशेषगरी कम्फर्ट, मजबुती र स्पोर्ट्सका लागि उपयुक्त जुत्ताका कारण उपभोक्ताको रोजाइमा पर्दै गएको कम्पनीको भनाइ छ।चक्रपथस्थित Xtep सोरुमबाट सुरु भएको यो म्याराथनले खेलकुदसँगै फिटनेस र स्वस्थ जीवनशैलीप्रतिको आकर्षण बढाउन महत्वपूर्ण सन्देश दिएको छ।


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस् (Comments)

तपाईंले प्रतिक्रिया दिनको लागि लगइन गर्नुपर्नेछ।

लगइन गर्नुहोस्
कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्!
न्युज बिहानी

न्युज बिहानी सत्य, तथ्य र निष्पक्ष समाचारका साथ तपाईलाई सधैं अपडेट राख्ने प्रतिबद्ध छ।

सम्पर्क

Bhairavi Media Pvt. Ltd.
Putalisadak–31, Kathmandu
9851165011
दर्ता विवरण
सूचना विभाग दर्ता नं.: ६९३
प्रेस काउन्सिल दर्ता नं.: १००४

हाम्रो टिम

प्रधान सम्पादक गोकर्ण बराल
सम्पादक विजय हमाल
© 2017–2026 News Bihani. सर्वाधिकार सुरक्षित।
Ad ends in 15s
honda
Advertisement Ad ends in 15s
Bisup