लोड हुँदै...
लोड हुँदै...
cg
गृहपृष्ठ
पात्रो
सम्पर्क
मिति
युनिकोड

झिनो अंकले बढ्यो नेप्से परिसूचक

वित्त बजार

झिनो अंकले बढ्यो नेप्से परिसूचक

न्युज बिहानी
न्युज बिहानी
Shares
झिनो अंकले बढ्यो नेप्से परिसूचक

काठमाडौँ, ४ भदौः धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज सामान्य अङ्कले बढेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक सात दशमलव १७ अङ्कले बढेर दुई हजार ६२९ दशमलव ४० को विन्दुमा पुगेको हो ।

ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक एक दशमलव ८८ अङ्कले बढेर ४६२ दशमलव ८९ मा पुगेको छ भने फ्लोट सूचक शून्य दशमलव ४२ अङ्कले बढेर १८० दशमलव ३८ मा पुगेको छ । त्यस्तै सेन्सेटिभ फ्लोट सूचक शून्य दशमलव ५५ अङ्कले बढेर १५६ दशमलव ३१ मा पुगेको छ । 

आज विभिन्न कम्पनीका ९५ लाख ७६६ कित्ता सेयर रु चार अर्ब ४० करोड १४ लाख नौ हजार ८५८ मूल्यमा खरिद बिक्री भएको छ । आज १३ उपसमूहमध्ये  छ उपसमूहको मूल्य बढ्नुका साथै सात उपसमूहको मूल्य घटेको छ । एक ३२ कम्पनीको सेयर मूल्य बढ्दा १३२ को घट्नुका साथै १३ कम्पनीको सेयर मूल्य स्थिर छ ।

नेप्सेका अनुसार आज सर्वाेत्तम पेन्ट्स इन्डिष्ट्रज, माउन्ट एभरेष्ट पावर डेभलपमेन्ट कम्पनी र एनआईसी एसिया सेलेक्ट फण्डका लगानीकर्ताले कमाएका छन् भने कुमारी धनवृद्धि योजना, कुमारी इक्युटि फण्ड र खानीखोला हाइड्रोपावर कम्पनीका लगानीकर्ताले गुमाएका छन् ।


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस् (Comments)

तपाईंले प्रतिक्रिया दिनको लागि लगइन गर्नुपर्नेछ।

लगइन गर्नुहोस्
कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्!
न्युज बिहानी

न्युज बिहानी सत्य, तथ्य र निष्पक्ष समाचारका साथ तपाईलाई सधैं अपडेट राख्ने प्रतिबद्ध छ।

सम्पर्क

Bhairavi Media Pvt. Ltd.
Putalisadak–31, Kathmandu
9851165011
दर्ता विवरण
सूचना विभाग दर्ता नं.: ६९३
प्रेस काउन्सिल दर्ता नं.: १००४

हाम्रो टिम

प्रधान सम्पादक गोकर्ण बराल
सम्पादक विजय हमाल
© 2017–2026 News Bihani. सर्वाधिकार सुरक्षित।