लोड हुँदै...
लोड हुँदै...
गृहपृष्ठ
पात्रो
सम्पर्क
मिति
युनिकोड

ट्रकको ठक्करबाट पाँच जनाको मृत्यु

समाचार

ट्रकको ठक्करबाट पाँच जनाको मृत्यु

न्युज बिहानी
न्युज बिहानी
Shares
ट्रकको  ठक्करबाट पाँच जनाको मृत्यु

बङ्गलादेशको दक्षिणपूर्वी सहर चट्टोग्रामको बाहिरी क्षेत्रमा मङ्गलबार बिहान तीव्र गतिमा आएको ट्रकले बसबाट ओर्लिएर सडक किनारमा पर्खिरहेका यात्रुलाई ठक्कर दिँदा पाँच जनाको मृत्यु भएको छ भने अन्य चार जना घाइते भएका छन् ।स्थानीय प्रहरीका वरिष्ठ अधिकारी इस्लामका अनुसार ढाका–चट्टोग्राम राजमार्गअन्तर्गत सिताकुन्डामा एउटा बसमा प्राविधिक खराबी आएपछि यात्रुहरू गाडीबाट ओर्लिएर सडक किनारमा पर्खिरहेका थिए । सोही क्रममा मङ्गलबार बिहान करिब १ः३० बजे दुर्घटना भएको हो ।

“तीव्र गतिमा आएको ट्रकका चालकले नियन्त्रण गुमाउँदा यात्रुहरूको समूहलाई ठक्कर दिएको थियो । दुर्घटनामा तीन जनाको घटनास्थलमै मृत्यु भयो,” उहाँले सिन्ह्वालाई बताउनुभयो । उहाँका अनुसार अन्य दुई जनाको अस्पताल लैजाने क्रममा वा अस्पताल पुगेपछि मृत्यु भएको हो । दुर्घटनामा घाइते भएका बसका अन्य चार यात्रुको अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस् (Comments)

तपाईंले प्रतिक्रिया दिनको लागि लगइन गर्नुपर्नेछ।

लगइन गर्नुहोस्
कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्!
न्युज बिहानी

न्युज बिहानी सत्य, तथ्य र निष्पक्ष समाचारका साथ तपाईलाई सधैं अपडेट राख्ने प्रतिबद्ध छ।

सम्पर्क

Bhairavi Media Pvt. Ltd.
Putalisadak–31, Kathmandu
9851165011
दर्ता विवरण
सूचना विभाग दर्ता नं.: ६९३
प्रेस काउन्सिल दर्ता नं.: १००४

हाम्रो टिम

प्रधान सम्पादक गोकर्ण बराल
सम्पादक विजय हमाल
© 2017–2026 News Bihani. सर्वाधिकार सुरक्षित।
Advertisement Ad ends in 15s
Bisup