काठमाडौं: सीजी ब्रुअरीले नयाँ प्रिमियम बियर ‘ठमेल’ नेपाली बजारमा ल्याएको छ। कम्पनीका अनुसार ‘ठमेल’ ड्राइ हपिङ प्रविधिबाट तयार गरिएको बियर हो । यस प्रक्रियामा फर्मेन्टेसनपछि हप्स थपिन्छ। यसले बियरमा फ्लोरल तथा सिट्रस सुगन्ध थप्नुका साथै तीतोपन कम राख्ने कम्पनीको भनाइ छ। उत्पादनलाई क्रिस्पी स्वाद र क्लिन फिनिस भएको लागरका रूपमा प्रस्तुत गरिएको छ।
नयाँ बियरको नाम र प्याकेजिङ काठमाडौंको प्रमुख पर्यटकीय केन्द्र एवं ‘नाइट लाइफ’ डेस्टिनेसन ठमेलबाट प्रेरित रहेको कम्पनीले जनाएको छ। ठमेल बियरका प्रमुख कार्यकारी अधिकृत वैभव शर्माले ठमेलको वातावरण, ऊर्जा र अनुभवलाई बियरमार्फत प्रस्तुत गर्ने उद्देश्यले नयाँ उत्पादन बजारमा ल्याइएको बताए।
यो बियर ६५० मिलिलिटर र ३३० मिलिलिटरका बोतलमा उपलब्ध छ। यसको मूल्य क्रमशः ४५० रुपैयाँ र २३० रुपैयाँ तोकिएको छ।कम्पनीका अनुसार ‘ठमेल’ हाल काठमाडौंसहित पोखरा, बुटवल, भैरहवा र धरानका चयनित आउटलेटमा उपलब्ध छ। आगामी दिनमा देशभर बजार विस्तार गर्ने योजना कम्पनीले जनाएको छ।
प्रतिक्रिया दिनुहोस् (Comments)
तपाईंले प्रतिक्रिया दिनको लागि लगइन गर्नुपर्नेछ।
लगइन गर्नुहोस्