काठमाडौँ, २ असोजः स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । सुनको मूल्य प्रतितोला रु तीन हजार ६०० र चाँदीको मूल्य रु १५० ले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला रु तीन लाख तीन हजार १०० र त्यति नै परिमाणको सेतो धातुको मूल्य रु चार हजार ७७५ कायम भएको छ । बिहीबार छापावाल सुन प्रतितोला रु दुई लाख ९९ हजार ५०० र त्यति नै परिमाणको सेतो धातुको मूल्य रु रु चार हजार ६२५ कायम भएको थियो ।
सुनचाँदीको मूल्य बढ्यो
प्रतिक्रिया दिनुहोस् (Comments)
तपाईंले प्रतिक्रिया दिनको लागि लगइन गर्नुपर्नेछ।
लगइन गर्नुहोस्