लोड हुँदै...
लोड हुँदै...
गृहपृष्ठ
पात्रो
सम्पर्क
मिति
युनिकोड

मुद्रास्फीति र खराब मौसमले जापानी अर्थतन्त्र सुस्त

वित्त बजार

मुद्रास्फीति र खराब मौसमले जापानी अर्थतन्त्र सुस्त

न्युज बिहानी
न्युज बिहानी
Shares
मुद्रास्फीति र खराब मौसमले जापानी अर्थतन्त्र सुस्त

इरान युद्धका कारण बढेको मुद्रास्फीति, खराब मौसम र भूकम्पको असरले जापानको अर्थतन्त्र तेस्रो त्रैमासिकमा स्थिर भएको छ । जुलाईदेखि सेप्टेम्बरसम्म अर्थतन्त्रमा कुनै वृद्धि नभएको सरकारी तथ्याङ्कले देखाएको छ । यो विश्लेषकहरूको ०.१ प्रतिशत वृद्धिको अनुमानभन्दा कमजोर हो ।तेलको मूल्य वृद्धि र कमजोर येनका कारण आयात महँगिँदा उपभोक्ता खर्च प्रभावित भएको छ । तेस्रो त्रैमासिकमा निजी उपभोग ०.३ प्रतिशतले घटेको छ ।

यसअघि अप्रिलदेखि जुनसम्म पनि समान दरले गिरावट आएको थियो । वार्षिक आधारमा अर्थतन्त्र ०.१ प्रतिशतले सङ्कुचित भएको छ । जुलाईमा आएको आँधी र भारी वर्षाले उपभोक्तालाई किनमेलमा जान निरुत्साहित गरेको थियो । त्यस्तै, क्युसु क्षेत्रमा गएको भूकम्पका कारण कारखाना बन्द हुँदा उत्पादन र निर्यातमा समेत असर परेको थियो । सरकारी सहायता र कम्पनीहरूको लगानी वृद्धिले पनि अर्थतन्त्रलाई गति दिन सकेन ।

क्यापिटल इकोनोमिक्सका मार्सेल थिएलियन्टले आर्थिक वृद्धिसम्बन्धी पछिल्लो तथ्याङ्क अनुमानभन्दा कमजोर र निराशाजनक रहेको बताउनुभएको छ । मुद्रास्फीति बढिरहेकाले जापानको केन्द्रीय बैंकले आगामी डिसेम्बरमा ब्याजदर थप बढाउन सक्ने विश्लेषकहरूको अनुमान छ । अन्तर्राष्ट्रिय मुद्राकोषका अनुसार सन् २०२७ मा जापान विश्वका ठूला अर्थतन्त्रको सूचीमा छैटौँ स्थानमा झर्नेछ । भारत र जर्मनीले जापानलाई उछिन्ने कोषको प्रक्षेपण छ ।


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस् (Comments)

तपाईंले प्रतिक्रिया दिनको लागि लगइन गर्नुपर्नेछ।

लगइन गर्नुहोस्
कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्!
न्युज बिहानी

न्युज बिहानी सत्य, तथ्य र निष्पक्ष समाचारका साथ तपाईलाई सधैं अपडेट राख्ने प्रतिबद्ध छ।

सम्पर्क

Bhairavi Media Pvt. Ltd.
Putalisadak–31, Kathmandu
9851165011
दर्ता विवरण
सूचना विभाग दर्ता नं.: ६९३
प्रेस काउन्सिल दर्ता नं.: १००४

हाम्रो टिम

प्रधान सम्पादक गोकर्ण बराल
सम्पादक विजय हमाल
© 2017–2026 News Bihani. सर्वाधिकार सुरक्षित।
Advertisement Ad ends in 15s
Bisup