लोड हुँदै...
लोड हुँदै...
cg
गृहपृष्ठ
पात्रो
सम्पर्क
मिति
युनिकोड

गोरखा ११ लाई एनआरएनए टी–१० क्रिकेटको उपाधि

खेलकुद

गोरखा ११ लाई एनआरएनए टी–१० क्रिकेटको उपाधि

न्युज बिहानी
न्युज बिहानी
Shares
गोरखा ११ लाई एनआरएनए टी–१० क्रिकेटको उपाधि

लिस्बन, २ असोजः पोर्चुगलमा सम्पन्न युरोपस्तरीय ‘एनआरएनए टी–१० क्रिकेट प्रतियोगिता–२०२६’को उपाधि गोरखा ११ क्रिकेट क्लब पोर्चुगलले जितेको छ ।गैर आवासीय नेपाली सङ्घ (एनआरएनए) पोर्चुगलको आयोजनामा सान्तारेमस्थित क्रिकेट मैदानमा बिहीबार भएको फाइनलमा गोरखा ११ ले जिजिरा युनाइटेड क्रिकेट क्लब माल्टालाई पराजित गर्दै उपाधि जितेको हो ।

टस जितेर पहिले ब्याटिङ गरेको जिजिरा युनाइटेडले निर्धारित १० ओभरमा छ विकेट गुमाएर ९२ रन बनाएको थियो । ९३ रनको लक्ष्य पछ्याएको गोरखा ११ ले ८.३ ओभरमा लक्ष्य पूरा गरेको हो ।उपाधिसँगै गोरखा ११ ले पाँच हजार ५५५ युरो नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । 

उपविजेता जिजिराले दुई हजार ५५५ युरो नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । एनएससीए जर्मनी तेस्रो भएको छ ।जिजिरा माल्टाका मेहबुब अली प्रतियोगिताको उत्कृष्ट खेलाडी तथा सोही टोलीका सुरज दरैमगर उत्कृष्ट ब्याट्सम्यान घोषित हुनुभयो । एनआरएनए जर्मनीका आशिष निरौला उत्कृष्ट बलर घोषित हुनुभयो ।


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस् (Comments)

तपाईंले प्रतिक्रिया दिनको लागि लगइन गर्नुपर्नेछ।

लगइन गर्नुहोस्
कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्!
न्युज बिहानी

न्युज बिहानी सत्य, तथ्य र निष्पक्ष समाचारका साथ तपाईलाई सधैं अपडेट राख्ने प्रतिबद्ध छ।

सम्पर्क

Bhairavi Media Pvt. Ltd.
Putalisadak–31, Kathmandu
9851165011
दर्ता विवरण
सूचना विभाग दर्ता नं.: ६९३
प्रेस काउन्सिल दर्ता नं.: १००४

हाम्रो टिम

प्रधान सम्पादक गोकर्ण बराल
सम्पादक विजय हमाल
© 2017–2026 News Bihani. सर्वाधिकार सुरक्षित।
Advertisement Ad ends in 15s
Bisup